कृष्णउदास खनाल, वीरगन्ज ।
विश्व विख्यात विद्धान कार्ल माक्र्सको द्विशतबार्षिकीको अवसरमा बुधबार वीरगन्जमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
२ नम्बर प्रदेश स्तरीय गोष्ठीमा कार्ल माक्र्सको बारेमा मधेसमा जागरण फैलाउने उद्देश्यले आयोजना गरिएको प्रादेशिक गोष्ठीमा प्रदेश नम्बर २ का आठ वटा जिल्लाबाट एकहजार जनाको सहभागिता रहेको थियो । वीरगन्जको नगरसभा गृहमा भएको कार्यक्रममा नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, नेकपाका नेताहरु घनश्याम भूषाल, राम कार्की, गणेश साह, डा.विजय पौडेल, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरुले प्रशिक्षण दिएको आयोजक समितिका अरविन्द सिंहले जानकारी दिए ।
आठ जिल्लाबाट आएका विद्यार्थीहरुलाई कार्ल माक्र्सको बारेमा तथा उनले प्रतिपादन गरेको सिद्धान्तको मधेसमा आवश्यकताको बारेमा प्रशिक्षण दिएको सिंहले बताए । नेपालमा कार्लमाक्सको सिद्धान्तको महत्व र उनले प्रत्यूपादन गरेको बिचारको बिषयमा पनि बहस भएको थियो । कार्यक्रम बिहीबारसम्म चल्नेछ ।











प्रतिक्रिया