चितवनमा बस र ट्रक ठोक्कियो, १ को मृत्यु, २५ जना घाइते

0
Shares

नेपाल समाचारपत्र, चितवन ।
चितवनको भरतपुर महानगरपालिका २९ खयरखोलामा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । नारायणगढबाट गोरखा जाँदै गरेको ना ४ ख ७५१३ नम्बरको यात्रुवाहक बस र मुग्लिङबाट नारायणगढ आउदै गरेको लु १ ख ७४०६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका भएका बस चालक गोरखा आरुपोखरी निवासी ४० बर्षिय काजिराम योगीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते १९ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।