नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली सेनासँग लगानी र नगद मौज्दात गरी ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैँया रकम रहेको सैनिक कल्याणकारी कोषले जनाएको छ ।
बुधबार नेपाली सेनाको जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी जंगी अड्डा अन्तर्गतको कोषले आफूसँग भएको नगद र लगानी रकम सार्वजनिक गरेको हो।
यसैगरी समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाबाट २२ करोड ९० लाख ६७ हजार रुपियाँ रकम सावाँ रकम स्वरुप प्राप्त गर्नुपर्ने स्थितिमा रहेको पनि सुचना सार्वजनिक गरिएको छ ।
मौज्दात रहेको रकममध्ये नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार रहेको छ भने लगानीतर्फ ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार छ । गत वर्ष कोषको कूल रकम ३४ अर्ब ५६ करोड ६१ लाख ५७ हजार रहेकोमा त्यसमा बृद्धि भई ३५ अर्ब ७७ करोड २४ लाख ५६ हजार पुगेको हो।











प्रतिक्रिया