बलात्कारीलाई सर्वश्वसहित आजीवन थुना माग

0
Shares

हेटौंडा,(नेस) ।
बलात्कारीलाई सर्वश्वसहित आजीवन थुनाको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

महिलामाथि हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सरकारका सम्पूर्ण संयन्त्र सक्रिय हुनुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरले प्रमुख जिल्ला अधिकारी आश्मान तामाङलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठन अध्यक्ष अम्बिका खतिवडाको नेतृत्वमा गएको महिला टोलीले स्थानीय तहले लगाएको दोहोरो तेहरो कर फिर्ता हुनुपर्ने, बलात्कार गर्नेलाई फाँसीको सजाय दिनुपर्ने नारा लगाएका थिए ।

भर्खर लागु भएको नयाँ संहितामा बलात्कारीलाई हुने सजायको कानुनमा केही सुधार भएर आए पनि श्रृंखलावद्वरुपमा बलात्कार र हत्या भइरहेको अवस्थामा कानुनमा भएको दण्ड कम भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ तामाङले उक्त ज्ञापनपत्र सरकारसमक्ष पु¥याउने बताउनुभयो ।