अनि हुन्छ तिम्रो मूल्यांकन


आफ्नो अघिल्लो कार्यकालमा ‘पाइप लाइनबाट घर–घरमा ग्यास’, ‘हावाबाट विजुली’, ‘नेपालको आफ्नै पानी जहाज’ जस्ता एजेण्डा अघि सार्दा तत्कालिन र वर्तमान पीएम ओलीको बोली हावामा उडाइयो । मंगलबार विराटनगरमा उनै ओलीले घर–घरमा जोडिएको ग्यास प्लान्ट उद्घाटन गरेपछि ‘पीएमलाई गाली गर्नेहरुको बोलीमा गोली लाग्यो’ भन्ने नेकपा कार्यकता सोही जमघटमा भेटिए ।
गजक्क मुद्रामा देखिएका ओलीले भने–‘३२ घर परिवारले अब काँधमा सिलेन्डर बोकेर कुद्नुपर्ने समस्या हटेको छ, ‘छोटो समयभित्र यही प्लानबाट अरु ४८ घर–घरमा गोबर ग्यास पुग्दैछ ।’ ग्यास प्लान्ट उद्घाटन गर्न ओली सहित मन्त्रीहरुको जन्ती विराटनगर पुगेको थियो । उर्जा, कानून, सामान्य प्रशासन मन्त्री र अन्य आसेपासेको बाक्लै डफ्फा त्यहाँ देख्दा विराटनगर महानगरका सबै घर–घरमा ग्यास जोडिएको हो ।

बिश्व बंैकको सहयोगमा बैकल्पिक ऊर्जा केन्द र विराटनगर महानगरको सहयोगमा करिब १ करोड ५० लाख रुपैयाको लगानीमा श्रीकृष्ण गौशालामा ग्यास प्लान्ट स्थापना गरिएको धरहराले बुझ्यो । सो परियोजनालाई अब ओली कम्रेडले आफू नेतृत्वको सरकारको सफलता भनेर ब्याख्या गर्न बेर छैन । यता काठमाडौंका सडक र गल्लीमा बाह्रैमास थुप्रिरहने फोहोरको डङ्गुर र गन्ध तह लगाएर देखाऊ त अनि तिम्रो सरकारको काम मूल्यांकन गरौंला ।