वरिष्ठ सङ्गीतकार पोखरलेको निधन

0
Shares

काठमाडौँ । वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ । नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा मंगलबार अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिएका छन् ।

 

स्व पोखरलेको तीन महीनाअघि मुटुको शल्यक्रिया गरिएको थियो । पोखरेलको हिजो मंगलबार नै देवघाटमा अन्तिम संस्कार गरिएको सङ्गीतकार मिश्रले जानकारी दिए ।

 स्व पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनले फिल्म, टेलिफिल्म, लोकहोदोरीमा सङ्गीत गरेका छन् ।