रुग्ण उद्योगको विवरण माग

0
Shares

हेटौंडा, (नेस)
विगतमा विभिन्न समस्याका कारण रुग्ण अवस्थामा पुगी बन्द हुने अवस्थामा पुगेका मकवानपुरका उद्योगको विवरण माग गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार सँचना प्रकाशन गर्दै संघमा फाराम भरी विवरण पेश गर्न अनुरोध गरेको हो ।

विगतमा ऊर्जा संकट, बजारको अवस्था, बन्द÷हड्ताल, कच्चा पदार्थ आपँर्ति, श्रम सम्बन्धलगायत विभिन्न कारण रुग्ण अवस्थामा पुगेका उद्योग पुनस्र्थापनाका लागि सरकारसँग विशेष प्याकेज प्रस्ताव गर्न नेपाल उद्योग वाणिज्य महासंघबाट त्यस्ता उद्योगको सँची माग गरिएको हो ।

उद्योगको नाम, स्थापना, लगानी गरिएको पुँजी, ५ वर्षयताको वित्तीय विवरण, कहिलेदेखि कति प्रतिशत क्षमतामा उद्योग सञ्चालन, उद्योग घाटामा जानुको कारण, कार्यरत श्रमिकको संख्या, पुनर्संंञ्चालनको अवस्था र बैंकको ब्याजदरलगायत विवरण माग गरिएको छ ।

उद्योग क्षेत्रको विकासले राष्ट्रिय आय, रोजगारीका अवसर सिर्जना, प्रतिव्यक्ति आयमा वृद्धि, पुँजी निर्माण, लगानीका थप अवसरको सिर्जना, औद्योगिक र व्यावसायिक सँंस्कृति विकास गर्दै राष्ट्रिय उत्पादनमा वृद्धिका साथै वैदेशिक व्यापारमा सन्तुलन कायम गरी भुक्तानी सन्तुलन सकारात्मक राख्नमा अहम् भँमिका खेल्छ ।

‘उद्योगहरु रुग्ण हुनुुमा आन्तरिक र बाह्य कारण उत्तिकै प्रभावी हुन्छन् । कमजोर व्यवस्थापन, हचुवा मँल्य निर्धारण, परियोजना लागत वृद्धि, साधन र स्रोतको उचित परिचालन र सम्भार नहुनु, चालँ पुँजी अभाव, कमसल गुणस्तर र अध्ययन÷अनुसन्धान कमी आदि आन्तरिक कारणले उद्योगलाई असर परेको हुनसक्छ,’ मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने भन्नुहुन्छ–‘आर्थिक मन्दी, तीव्र प्रतिस्पर्धा, स्तरयुक्त कच्चापदार्थ र जनशक्ति अभाव, सम्बद्ध नीति, ऐन, नियम आदिमा स्थिरता नहुनु वा समयअनुसार परिवर्तन हुन नसक्नु, प्रविधि र ग्राहकको रुचिमा परिवर्तन, विद्युत् तथा इन्धन आपँर्तिमा कमी, ऋण प्राप्तिमा ढिलाइ, हड्ताल एवम् तालाबन्दी आदि उद्यमीका काबु बाहिरका परिस्थिति बाह्य कारणमा पनि उद्योग रुग्ण बन्न सक्छ ।

साना तथा ठँला असहज परिस्थितिका कारण उद्योगहरु दिन प्रतिदिन रुग्ण हुँदै गएका छन् । यसरी उद्योग रुग्ण हुँदा त्यस्ता उद्योगसँग प्रत्यक्षरुपमा संलग्न अन्य उद्योगसमेत रुग्ण हुनेलगायत रोजगारीका अवसरहरु गुम्ने हुनाले आर्थिक, सामाजिक तथा प्राकृतिक वातावरणमा समेत प्रतिकँल प्रभाव परिरहेको उहाँको भनाइ छ ।

‘जसका कारण उद्योग क्षेत्र निरन्तर खस्किँदो अवस्थामा छ । यसरी आर्थिक समृद्धिका लागि टेवा दिने औद्योगिक क्षेत्र खस्किँदै जाँदा देशले ठँलो कठिनाइ भोग्नुपर्ने अवस्था आइरहेको छ,’ वरिष्ठ उपाध्यक्ष न्यौपानेले मुलुकको समग्र औद्योगिक प्रवद्र्धन र आर्थिक समृद्धिमा नकारात्मक असर परी मुलुकभित्र लगानीको अनुकँल वातावरण बन्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले वर्तमान अवस्थामा निजी क्षेत्रका रुग्ण उद्योगहरुमा अबौंको पुँजी फसिरहेको अवस्था रहेको भन्दै यसमा सरकारी एवम् निजी क्षेत्रबाट सञ्चालित बैंक एवम् वित्तीय संस्थाबाट कर्जा उपलब्ध गराइएकोमा साँवा, ब्याज, हर्जाना आदि उठ्न नसक्ने स्थितिमा पुगेको, धितोबाट कर्जा राफसाफ हुने स्थिति नभएको तथा मुद्दा मामिला आदिका कारण धितो समेत बेचबिखन हुन नसकेका कारण बैंक÷व्यवसायी दुवै समस्यामा रहेको गुनासो गर्नुभयो ।
उद्योग रुग्ण भएका कारण उद्यमी–व्यवसायीका अतिरिक्त बैंक तथा वित्तीय संस्था, रोजगारी पाएका श्रमिक कर्मचारी समेत रुग्णताको मारमा परेका छन् ।