इरानद्वारा नयाँ युद्धक विमान सार्वजनिक


तेहरान (एजेन्सी)
इरानले एउटा नयाँ युद्धक विमान सार्वजनिक गरेको छ । यो सतप्रतिशत घरायसी प्रविधि प्रयोग भएको अत्याधुनिक विमान भएको इरानले दावी ग्रेको छ ।

यसअघि इरानी राष्ट्रपति हसन रुहानीले इरान अत्यन्त शक्तिशाली भइसकेकोले उक्त इस्लामिक स्टेट माथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएको थियो ।

सिरियाको गृह युद्धमा राष्ट्रपति बसर अल असदको समर्थनमा सैनिक पठाएर इरानले त्यस क्षेत्रमा आफनो सैन्य उपस्थितिलाई विस्तार गरिरहेको छ । तर बर्षौं सम्मको नाकाबन्दीका कारण उसको वायु सेनामा कयौं दर्जन पुराना युद्धक विमान घटिसकेका छन् ।

हाम्रा भुभाग र स्रोतहरुमाथि कब्जा गर्न चाहने सैन्य सक्ती विरुद्ध लडन हामी आफै सक्षम हुनु पर्छ – उनले भनेका छन् ।

‘अमेरिकाले हामी माथि किन आक्रमण गर्न सक्दैन ? किनभने हाम्रो शक्तीका कारण हो, किनभने उसलाई परिणाम थाहा छ ‘ उनले भने ।

इरानी टेलिभिजनले रोकिराखेको र उडान भरेको उक्त युद्धक विमानको फुटेज देखाएको थियो । विमानको नाम कुरानमा उल्लेखित एक शब्द ‘कोसार‘ राखिएको छ । उक्त शब्दले सिया मुस्लिमलाई सम्मान गर्ने पैगम्बर मोहम्मदका वंशजलाई जनाउने बताइएको छ ।

कोसारले स्वर्गको एक नदि हो र कुरानमा यो एक पाठको शिर्षकका रुपमा रहेको छ । चौथो पुस्ताको भनिएको उक्त विमानले शक्तिशाली क्षेप्यास्त्र बोक्न सक्ने बताइएको छ ।

यसअघि अमेरिका र इजरायलको तर्फबाट आउने खतरासँग जुघ्न इरानले मिसाइल मोर्चालाई चुस्त पार्ने रक्षा मन्त्रीलाई उदृत गर्दै तस्नीन समाचार एजेन्सीले जनाएको थियो ।

तस्नीनका अनुसार टेलिभिजनमा प्रसारित एक साक्षात्कारमा रक्षा मन्त्री अमिर हातमीले भने– हाम्रो पहिलो प्राथमिकता हाम्रो क्षेप्यास्त्र क्षमता हो र क्षेप्यास्त्र प्रतिरक्षामा शत्रुको प्रयासलाई ध्यानमा राखी हामीले यसलाई बढाउनु पर्ने छ ।

नयाँ लडाकु विमानले नेसनल डिफेन्स इन्डस्ट्री डेको दिन उडान भर्ने उनले बताए । यो आगामी बुधबार मनाइने छ । हातमीले भने– यो रक्षा कार्यक्रम क्षेप्यास्त्र हमलाको ती घटनाको स्मरणबाट प्रेरित छ जुन सन् १९८० मा इराकसँग चलेको ८ बर्षको युद्धका क्रममा इरानले झेल्नु परेको थियो । साथै यो इजरायल र अमेरिकाबाट पटक पटक आइरहेका धम्कीको सामना गर्नका लागि हो । जसले इस्लामिक गणराज्यसँग लडनका लागि सबै विकल्प तयार रहेको बताइरहेका छन् ।

हातमीले भने– हामी कसैमाथि नभएर आफैमा निर्भर हुन सक्छौं भन्ने कुरा हामीले इरान–इराक युद्धबाट सिकेका थियौं ।
आफुहरु जुन जुन क्षेत्रमा कमजोर छ त्यहाँ कसैले आफुहरुमाथि दया नदेखाएको उनले बतार । इरानसँग संसाधन सिमित रहेको र न्युनतम लागतमा सुरक्षा स्थापित गर्नका लागि प्रतिबद्ध रहेको उनले थपे ।