माइक्रोसफ्टद्वारा रुसी साइवर आक्रमणको आरोप


वासिंगटन,(एजेनसी)
माइक्रोसफ्टले अमेरिकी कन्जरभेटिभ समुहहरु माथि साइवर आक्रमण गर्ने रुसी प्रयासलाई असफल पारिएको दावी गरेको छ । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले रुसी ह्याकरहरुले इन्टर नेसनल रिपब्लिकन इन्स्टिच्युट र बुद्धिजिवीहरुको समुह हडसन इन्स्टिच्युट लगायत अन्य विभिन्न राजनीतिक संघ संस्थाहरुबाट तथ्यांक चोर्ने प्रयास गरेको दावी गरेको छ ।

माइक्रोसफ्टले आफना सुरक्षा कर्मचारीहरुले तिनीहरुको वेवसाइट कपि गरिरहेका छ वटा नेट डोमेनमाथि नियन्त्रण लिन सफल भएको जनाएको छ । साथै माइक्रोसफ्टले यस आक्रमणमा पयान्सी बियर ह्याकिंग समुहको हात रहेको आरोप लगाएको छ ।

यसबारे विस्तृत विवरण राखिएको आफ्नो ब्लगमा माइक्रोसफ्टले उल्लेख गरेको छ , ‘ हामीलाई तिनीहरुको यस कार्यबाट सन् २०१८ सम्म भएका निर्वाचनमा संलग्न अमेरिकी राजनीतिक पार्टीहरु र अन्य समुहहरु प्रभावित रहेको हुनसक्ने कुराबाट चिनितत छौं ।

यदि सो ह्याकिंग सफल भएको भए फ्यान्सी बियर समुहले अमेरिकी जनताले प्रयोग गर्ने लगइन इन्फर्मेसन चोर्न सक्ने बताइएको छ । तर रसियाले माइक्रोसफ्टको यो आरोप ठाडै अस्विकार गरेको छ । केहि समय अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै पनि अमेरिकी चुनावमा रुसी ह्याकिंग पत्याउन नसकिने बताएर विवादमा आएका थिए ।