ताइवानद्वारा एल साल्भाडोरसंगको दौत्य सम्बन्ध त्याग


ताइपेइ,(एजेन्सी )
चीनले एल साल्भाडोरसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना गर्नेे घोषणा गरे लगत्तै ताइवानले एल साल्भाडोरसँगको दौत्य सम्बन्ध विच्छेद गर्ने घोषणा गरेको छ । चीनको यस कुटनीतिक कदम प्रति प्रतिक्रिया जनाउने क्रममा ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले ताइवानले एल साल्भाडोरसंग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको जनाउँदै चीनको यो पछिल्लो कदम अशोभनिय रहेको बताएक छन् ।

ऊ ले भनेका छन् ‘ हामी चीनको जस्तो डलर कुटनीतिमा सहभागि हुन चाहन्नौं,’ एल साल्भाडोरले ताइवानसँग बन्दरगाह निर्माण परियोजनाका लागि ठूलो धनराशी माग गरेको थियो । तर यस्तो परियोजनाले दुबै मुलुक ऋणको बोझले थिचिने भएकाले हामी सो अनुरोध स्वीकार गर्न तयार थिएनौं ।’

अब भने ताइवानसँग दौत्य सम्बन्ध रहेका मुलुकको संख्या १७ पुगेको छ । साथै ताइवानसँग पहिल्यै कुटनीतिक सम्बन्ध राखेका मुलुकहरु पनि अहिले विस्तारै चीनतर्फ ढल्किदै गइरहेका छन् । अहिले सम्म चीनले ताइवानलाई आफ्नै मुलुकको भुभाग रहेको दाबी गर्दै आएको छ ।

राष्ट्रपति चाई इङ–वेन सत्तामा आएयता चीन र ताइवानबीचको सम्बन्ध झनै चिसिएको छ । राष्ट्रपति चाईले ताइवानलाई ‘एक चीन’ नीति अन्तर्गत राख्न अस्वीकार गरिरहेका छन् । सन् २०१६ मा राष्ट्रपतिमा चाई निर्वा्चित भएदेखि नै चीनले ताइवानका मित्रदेशलाई आफूतिर आकर्षित गर्ने कुटनीति अवलम्वन गरेको हो ।

चाईको राष्ट्रपतीय कालमा मात्र ताइवानको कुटनीतिक सम्बन्ध एल साल्भाडोरसहित पाँचवटा मुलुकसँग विच्छेद भइसकेको छ । यसै वर्षमात्र तीनवटा राष्ट्रले ताइवानसँगको सम्बन्ध विच्छेद गरेका छन् । यस अघि ताइवानसँगको दौत्य सम्बन्ध त्याग्नेमा बुर्किना फासो र डोमिनिकन रिपब्लिकले रहेका छन् ।

विगत लामो समय देखि नै ताइवान र चीन दुवैले विकासशील मुलुकहरुसंग कुटनीतिक सम्बन्ध विस्तार गर्न प्रतिस्पर्धा गर्दै आएका हुन् । कुटनीतिक मान्यताका लागि यी दुवै देशले अन्य मुलुकलाई आर्थिक सहायता र अन्य सहयोगको आकर्षण देखाउँदै आएका छन् ।
राष्ट्रपति चाईको वर्तमान सरकारले ताइवानको अन्तर्रा्ष्ट्रिय प्रतिष्ठा वृद्धि गर्ने प्रयत्न गरिरहेको छ । तर अन्तर्राष्ट्रिय जगतमा बेइजिङको बलियो्र प्रभावको कारण ताइवानको उद्देशय पूरा हुन सकेको छैन । यसैगरी बेइजिङले अन्तर्रा्ष्ट्रिय जगतबाट ताइवानको उपस्थितिलाई एकपछि अर्को गर्दै हटाउँदै लगेको छ भने ताइवानको वरिपरि सैनिक अभ्यास कार्यलाई व्यापक वृद्धि गरेको छ ।