‘सरकारले लगाएको करले कुनै असर गर्दैन’

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले सर्वसाधारण नेपालीलाई अहिले सरकारले लगाएको करले कुनै असर नपार्ने बताउनुभएको छ । अनन्त सन्देश राष्ट्रिय साप्ताहिकको दोश्रो बार्षिकोत्सव कार्यक्रममा बोल्दै सांसद बस्नेतले जसले धेरै आम्दानी गर्छ, उसले राज्यप्रति करको दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

बस्नेतले विगतमा राज्यलाई तिर्नुपर्ने करको बेथितिलाई सरकारले व्यवस्थापन गर्न खोजेकोमा गलत प्रचार गरिएको बताउनुभयो । ‘सरकारले आर्थिक अनुशासन कायम गर्नको निम्ति आर्थिक करोबारलाई समेत व्यवस्थापन गर्न खोजेको छ’ बस्नेतले भन्नुभयो, ‘अब ५० हजार भन्दा बढीको कारोबार गर्दा बैङ्किङ प्रणालीलाई अपनाउनु पर्दछ ।’

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अनुरुप आयातित बस्तुमा केही कर बृद्धि गरेको बताउँदै सांसद बस्नेतले करलाई व्यवस्थापन गर्दा मुलुकभित्रै स्वदेशी बस्तुहरुको उत्पादनमा समेत प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँहले सरकारले लागू गरेको मुलुकी संहिताले इमान्दार र सक्षम चिकित्सक तथा पत्रकारहरु डराउन नपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि विरामीको दायाँ खुट्टामा समस्या छ भने वाँया खुट्टामा अप्रेशन गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने कि नगर्ने भनेर प्रश्न गर्नुभयो । गलत नियत तथा गलत प्रवृत्ति गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने र त्यस्ता प्रकारका व्यक्तिलाई कानुनले नछोड्ने उहाँले बताउनुभयो ।

कृषि, जल, पर्यटन, उद्योग लगायतका क्षेत्रलाई वर्तमान सरकारले प्रमुख प्राथमिकता दिएको भन्दै सांसद वस्नेतले कृषिलाई आधुनिकिकरण गरी आगामी दुई वर्षमा ५० प्रतिशत आत्मानिर्भर वनाउने योजना रहेको बताउनुभयो ।

त्यस्तै प्रदेश नं. ३ का सांसद शशिजंग थापाले ज्ञान, वृद्धि तथा राष्ट्रलाई अग्रणी राख्नको लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको भन्दै भक्तपुरमा विकास नचाहने पार्टी जसले आफ्नो राजनैतिक विरासता थाम्नको निम्ती भक्तपुरको विकासलाई स्थानिय ठाउँदेखि सदनसम्म विरोध गर्ने गरेको बताउनुभयो । उहाँले जतिसुकै विरोध गरेता पनि भक्तपुरको विकासलाई कसैले छेक्न नसक्ने भन्दै भक्तपुरलाई प्रदेश नं. ३ को राजधानी बनाउन आफूहरु प्रयासरत रहेको बताउनुभयो ।

त्यस्तै ३ नम्बर प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले मिडियाकर्मी व्यक्ति, घटना परक भन्दा पनि विचारपरक हुनुपर्ने बताउनुभयो ।
पूर्व सांसद केदार सञ्जेलले सम्पूर्ण व्यक्ति, संस्था तथा सरोकारवालासँग समन्वय, सहकार्य गरी सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्नै धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले सत्य तथ्य समचार सम्प्रेषण पत्रकारको धर्म भएको भन्दै कुनै राजनैतिक दलको भरमा नलाग्न आग्रह गर्नुभयो । उनले राजनैतिक दलको पूर्वाग्रको भरमा सकरात्मक कुरालाई लुकाई नकरात्मक समाचार संप्रेषण गर्ने प्रवृक्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने बताउनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले करको वारेमा कुनैपनि समस्या नरहेको तथा नवढाएको बताउँदै नगरपालिकाले १३ वटा विभिन्न शीर्षकमा निःशुल्क सेवा प्रदान गर्ने निर्णय भएको बताउनुभयो । उहाँले नगरपालिकाले गरेका राम्रा कामको साथ दिन र नराम्रा कामको सुझावका रुपमा सञ्चार माध्यमले बिषय उठान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज वुढाथोकीले भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनले स्वतन्त्र पत्रकारको अधिकारलाई कुण्ठित गरेको भन्दै त्यसलाई तत्काल संशोधन गर्न आग्रह गर्नुभएको थियो ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शोम शर्मा वजगाईले सत्य, तथ्य तथा खोजमुलक पत्रकारीता गर्नु पर्ने भन्दै सञ्चारकर्मीहरु देशको समृद्धि हासिल गर्नको लागि विकृति र विसंगतीको विरुद्धको अन्त्य गर्न आ–आफ्नो तह र तप्कावाट लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले मुलुकको आर्थिक समृद्धिका निम्ति सञ्चार माध्यमले उल्लेखनीय भूमिका खेल्नसक्ने भएकाले जिम्मेवार पत्रकारिता आजको आवश्यकता भएको धारणा राख्नुभयो ।