नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्वारा जी आई जेट नेपालको सहयोग र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा आयोजित छलफल कार्यक्रमका वक्ताहरूले स्वास्थ्यजन्य समस्याको मूल कारण गरिबी भएको बताएका छन् ।
स्वास्थ्य नीति र कार्यक्रममा तथ्यको प्रयोग गर्नका लागि आवश्यक विधिको जानकारी दिने मूल उद्देश्य राखी आयोजित उक्त कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र कुमार यादवले विश्वमा नै बढ्दै गएको नसर्ने रोग नेपाल जस्ता कम विकसित मुलुकमा झन् बढी भएको बताउनुभयो ।
यसको न्यूनीकरणका लागि रोग नै लाग्न नदिन के गर्ने भन्नेबारे अनुसन्धान हुनुपर्ने बताउँदै यसो गर्नसके स्वास्थ्यसम्बन्धी नीति बनाउन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो
स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले खाडी मुलुकमा काम गर्न जाने श्रमिकको स्वास्थ्य परिक्षण सरकारले गर्नुपर्ने बताउँदै ५० जनाभन्दा बढी श्रमिक जाने कम्पनीमा नेपाली चिकित्सक र नर्सलाई पनि साथमा लैजानुपर्छ भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी डा.दीपेन्द्र रमण सिंहले साउदी अरब, कतार, मलेसिया लगायतका देशमा कार्यरत नेपाली बिरामीप्रति सरकार चिन्तित हुनुपर्ने बताउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक प्रा.डा.अञ्जनी कुमार झाले राष्ट्रिय स्वास्थ्य प्रणालीलाई संघीय ढाँचामा रुपान्तरण गर्ने प्रक्रृयाको थालनी भएको स्मरण गराउनुभयो ।











प्रतिक्रिया