अख्तियारमा शिक्षा र स्थानीय तहका मुद्दा बढी

0
Shares

यमलाल भुसाल, बुटवल
प्रदेश ५ को राजधानी रहेको बुटवलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भ्रष्टाचार सम्बन्धी उजुरी दिनेमा ३ प्रतिशत महिला रहेका छन । त्यसै गरी ३ प्रतिशत संघ सस्था , ४३ प्रतिशत पुरुष र ५१ प्रतिशत वेनामीका हिसावले उजुरी आउने गरेको कार्यालयले जनाएको छ ।

बुटवलको कार्यालयमा शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी पर्ने गरेका छन । शिक्षा पछि भने स्थानीय तहसँग सम्बन्धित मुद्दा बढी पर्ने गरेको सो कार्यालयले जनाएको छ ।

बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलले मंगलवार पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०७४र७५ मा शिक्षासँग सम्बन्धित ३ सय २१ मुद्दा दर्ता भएकोमा १ सय ७८ वटा फर्छयौट भएको कार्यालय प्रमुख रविलाल पन्थले बताउनु भयो । शिक्षामा पनि सबैभन्दा बढी शिक्षक नियुक्तिमा अनियमितताका उजुरी रहेका छन् ।

गत एक वर्षमा स्थानीय तहसँग सम्बन्धित २ सय १ मुद्दा परेकोमा ७९ वटा फर्छयौट भएको जनाईएको छ । स्थानीय तहसँग सम्बन्धित मुद्दामध्ये अधिकांस उपभोक्ता समितिबाट भएका अनियमिततासँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ । गत आर्थिक वर्ष २०७४र७५ मा अघिल्लो आर्थिक वर्षका बाँकी ३ सय समेत कूल ८ सय ५७ मुद्दा दर्ता भएकोमा ४ सय ७२ मुद्दा फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख पन्थले बताउनु भयो ।

शिक्षा र स्थानीय तहपछि भूमिसुधार मन्त्रालय अन्तर्गतका ७० मुद्दा दर्ता भएकोमा ४५ वटा फर्छ्यौट, गृह मन्त्रालय अन्तर्गत ४८ मुद्दा दर्ता भएकोमा ३६ वटा फर्छ्यौट, स्वास्थ्य मन्त्रालय अन्तर्गत ३९ मुद्दा दर्ता भएकोमा २७ वटा फर्छ्यौट ,वन ३६ मुद्दा दर्ता भएकोमा २२ वटा फर्छ्यौट, भौतिकमा ३१ मुद्दा दर्ता भएकोमा १५ वटा फर्छ्यौट र अन्य १ सय ११ मुद्दा दर्ता भएकोमा ६८ वटा फर्छ्यौट भएको बताईएको छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी मुद्दा पर्नेमा रुपन्देही र सबैभन्दा कम मुद्दा पर्नेमा गुल्मी जिल्ला छन् । अख्तियारको बुटवल कार्यालयमा परेका कूल ८ सय ५७ मध्ये सबैभन्दा बढी रुपन्देहीका ३ सय ८ र गुल्मीमा सबैभन्दा कम ४८ वटा मुद्दा मात्र दर्ता भएका छन् । त्यसैगरी नवलपरासीका १ सय ९७, कपिलवस्तुका १ सय ७९ अर्घाखाँचीका ७२ र पाल्पाका ५३ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

अख्तियारमा आर्थिक वर्ष २०७३र७४ मा पनि शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी र दोस्रोमा स्थानीय तहसँग सम्बन्धित मुद्दा परेको कार्यालय जनाइएको छ । आर्थिक वर्ष २०७३र७४ मा शिक्षा कार्यालयसँग सम्बन्धित ३ सय ९९ र स्थानीय तहसँग सम्बन्धित १ सय ७० मुद्दा दर्ता भएका थिए ।

उहाँले गत आर्थिक वर्षमा ५ जनालाई रंगेहात पक्राउ गरी ६ लाख घुष रकम बरामद गरेको , ४ करोड ८ लाख २९ हजार ५ सय ६३ रुपैयाँ असुल उपर गरेको र २५ विगाहा १० कठा ११ धुर जग्गा नेपाल सरकारको नाममा कार्यम गराएको बताउनु भयो ।