सुन तस्करी प्रकरणः उच्च अदालतमा चार वटा इजलासमा बहस, छुटेका प्रहरी थापा र खड्कालाई थुनामा राख्न आदेश


सरोज यादव, विराटनगर ।
३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारिकमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस नारयणप्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाई सादा तारेख र र प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटिमा छोड्न आदेश दिएका थिए । तर, सोही आदेश रित पुर्वक नभएको ठहर गर्दै सरकारी बकिलको कार्यालय मोरङले अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालतको सूचना अधिकृत राजनकुमार दाहालले जानकारी दिए । खड्का निलम्बन डिआइजी श्याम खत्रीको सवारी चालक हुन् भने थापा बडिगार्ड हुन् । डिआइजी खत्री यसै प्रकरण मुद्दामा पुर्पक्षको लाथि झुम्का कारागारमा थुनामा छन् ।
मंगलबार चार वटा इजालमा पाँच थान मुद्दा छुटा–छुटै इजालमा बहस भएको दाहालले जानकारी दिए । सुन तस्करी र हत्या प्रकरण मुद्दामा पुर्पपक्षको लागि थुनामा रहेका हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीलाई समेत जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको हो ।

उच्च अदालतको मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्याधीश उमेश कुमार सिंहको संयुक्त १ नम्बर इजासले गौतम र थापालाई जिल्लाको आदेश सदर गरेका गरे । त्यस्तै ३ नम्बर इजालमा न्यायाधीशद्धोय तीर्थबहादुर कार्की र ऋषिराम दवाडीको संयुक्त इजालसले गोल्यानलाई जिल्लाको आदेश सदर गरे भने ४ नम्बर इजालमा न्यायाधीश द्धोय हरिप्रसाद भण्डारी र जनक पाण्डेको संयुक्त इजालसले ठकुरीलाई जिल्ला अदाललते जेठ ८ गते गरेको आदेशनै उच्चले सदर गरेको छ ।साताको बिहीबार मात्र पेशी चढदै आएको उच्च अदालतमा मुद्दाको चाप बढेपछि अन्य बारसमेत पेशी चढेको अदालतको सूचना अधिकारी दाहालले जानकारी दिए ।

सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि १७ नम्बर गरेका थिए । गएको बिहीबा भएको उच्च अदालतको आदेशले पुन्यप्रसाद लामा, राजन कुमारलाई समेत जिल्लाको आदेश सदर गरेको थियो । अहिले उनीहरु थुनामा रहेका छन् ।