ट्रिपर जलाउँदा मुद्दैमुद्दा

0
Shares

 

काभ्रे, (नेस)
चारदोबाटो चोकमै मोटरसाईकलले गलत दिशाबाट ओभरटेक गर्दा ट्रिपरको चक्कामा ठोक्किएर मोटरसाईकल चालक कचक्कै भएपछि इन्धन ट्यांकीमा हम्बर हानी आागो झोस्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

‘ट्रिपरमा हम्बर हान्दै प्लास्टिकमा आगो सल्काएर ट्रिपर जलाउने एक ब्यक्ति तत्काल बैकक गएका थिए’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहले भने–‘उनलाई बैककबाट फर्कदै गर्दा सूचनाका आधारमा एयरपोर्टबाटै सोमबार राति ८ बजे पक्राउ गरिएको हो ।’

सिन्धुपाल्चोक जिल्ला इन्द्रावति गाउँपालिका ३ घर भई बनेपाको चोक वडा नम्वर ७ मा भाडा पसल गर्दै आएका ३४ बर्षिय उद्धव बानियाले चारदोबाटोमा दुर्घटना भएको अवस्थामा भाग्दै गरेको ट्रिपर रोकेर इन्धनको ट्यान्कीमा हम्बर हान्दै प्लास्टिकमा आगो सल्काएर ट्रिपर बालेका थिए ।

उनलाई रामेछाप जिल्ला दोरम्बा घर भई बनेपा ७ मा जुत्ता पसल गर्दै आएका २५ बर्षिय भिमबहादुर श्रेष्ठ र भुम्लु गाउँपालिका वडा नम्वर २ घर भई हाल बनेपा ८ बस्ने बर्ष २१ का विदुर बुढाथोकीले साथ दिएका थिए । बुढाथोकी रिक्सा चलाउँदै आएका छन् ।

दाप्चा घर भई भकुण्डेमा मोटरसाईकल वर्कशप चलाउँदै आएका खनालथोक ७ का ५७ बर्षिय जितबहादुर तामाङको निधन भएको थियो । उनको निधन भए लगत्तै आक्रोशित भिडले ट्रिपरमा आगो झोसेको थियो । सार्वजनिक यातायातमा आगो लगाउने विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो ।

तीनैजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । टिपरका कारण दुर्घटना बढेको भन्दै उपत्यकामा राति मात्रै ट्रिपर संचालन गर्न दिए पछि जिल्लामा थप समस्या देखिएको छ । प्रहरीले यस अघि पनि ट्रिपरमा आगो झोस्ने विरुद्ध मुद्दा चलाएको थियो ।