काठमाडौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकबारे डा. गोविन्द केसी, चिकित्सा शिक्षाका सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल लगायतसंग छलफल गर्ने भएको छ ।
आइतबार चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गरेको समितिले आउँदो बैठकमा डा. गोविन्द केसीलगायत सरोकारवालासँग छलफल गर्न लागेको हो ।
चिकित्सा शिक्षा विधेयकमा रहेका व्यवस्थाको विरोध गर्दै डा. गोविन्द केसीले अघिल्लो महिना २७ दिनसम्म आमरण अनशन बसेका थिए ।











प्रतिक्रिया