मोटरसाईकलको ठक्करबाट भट्टराई घाईते


इलाम ।
मोटरसाईकलको ठक्करबाट इलामनगरपालिकामा शनिबार एक ब्यक्ति घाईते भएका छन् । घाईते हुनेमा इलामनगरपालिका ६ का ५२ बर्षिय तारानाथ भटटराई घाईते भएका छन् । टाउको र शरिरका बिभिन्न भागमा चोट लागेका भटटराईको इलाम अस्पतालमा उपचार भइरहेको छ । इलामनगरपालिका ५ बिब्ल्याँटेबाट इलामबजार तर्फ आउँदै गरेको मे३प ७८१४ नम्बरको मोटरसाइकलले धोबिधारामा ठक्कर दिएको थियो ।
मोटरसाईकल चालक इलामनगरपालिका १२ साङ्गरुम्बाका २१ बर्षिय राज लिम्बू समेत घाईते भएका छन् । उनको पनि इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।