भन्सार छलेर भित्र्याएको लाखौंको सामाग्री बरामद


इलाम ।
भन्सार छलेर भारतबाट नेपालतर्फ भित्राउँदै गरेको लाखौं मूल्यको अबैध सामाग्री प्रहरीले शनिबार बरामद गरेको छ । नेपाल भारत सिमावर्ती इलाम सूर्योदय नगरपालिका वडा नम्बर २ चारमाईल जंगलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब एकलाख ३० हजार रुपैंयाँ बराबरको बिभिन्न सामाग्री प्रहरीको गस्ति टोलिले बरामद गरेको हो ।
तस्करहरुले भन्सार छलेर ल्याउने क्रममा गस्तिमा खटिएको प्रहरीलाई देख्नसाथ उनीहरु सामान छाडेर भागेको प्रहरीले बताएको छ । बरामद गरीएका सामाग्री प्रहरीले पशुपतिनगर स्थित भन्सार कार्यालयमा बुझाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक हेमराज ओलिले बताउनुभयो । प्रहरीका अनुसार कुर्ता सलवाल, सुतीको साडी, सल, ब्लाउज, पेन्टि, प्रिन्टेड सेन्डो, टि सर्ट, बेबी ब्ल्याङकेट लगायतका सामाग्री बरामद गरेको थियो ।