कर्णाली प्रदेशमा नेकपाको नेतृत्व लिन कसरत


दिपेन्द्र शर्मा, सुर्खेत ।
 सबै जिल्लामा दौडधुप तिव्र
 कालीकोट र मुगुमा टुगिंन वाँकी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश तथा जिल्ला नेतृत्व लिनका लागि नेताहरुविच तिव्र प्रतिष्पर्धा चलेको छ ।
पार्टी एकिकरणको लामो समय पछि प्रदेश तथा जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रिय समितिले पहल थालेपछि प्रदेश तथा जिल्ला नेतृत्व हात पार्न नेताहरु विच तिव्र प्रतिष्पर्धा चलेको हो ।
कर्णाली प्रदेश र यहाँ रहेका १० वटै जिल्ला समितिको संख्या र नाम टुगो लगाए पछि नेतृत्वका लागी तिव्ररुपमा लागी परेका छन । पार्टीले कार्यकारी भुमिकामा रहेका नेता वाहेकलाइ मात्र जिल्लाको नेतृत्वमा लिने निर्णय गरेपछि कुनै जिम्मेवारीमा नरहेका नेताहरु विच नेतृत्व लिन हानथाप जस्तै चलेको छ ।
यो प्रदेशमा पुर्व एमालेको भागमा सुर्खेत,दैलेख,जुम्ला र डोल्पा तथा पुर्व माओवादी केन्द्रको भागमा सल्यान,रुकुम,जाजरकोट र हुम्ला जिल्लामा नेतृत्व लिने सहमती भएको कार्यदल सदस्य तथा पुर्व माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कालीकोट र मुगु जिल्ला कसको भागमा पर्ने भन्ने टुंिगंन नसकेको र छलफल जारी रहेको छ । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा समानरुपमा जिल्लाहरुको नेतृत्वको जिम्मेवारी वाडफाड गरिएकोछ । अव जिल्लाको नृतृत्व लिने ब्यक्तिका नामका वारेमा छलफल भइरहेको छ , टुङगीएको छैन उनले भने ।
कर्णाली प्रदेश अन्तरगतका जिल्ला अध्यक्षको पद आफनो पोल्टामा पार्नका लागि पुर्व एमाले र पुर्व माओवादी केन्द्रका जिल्ला नेताहरु काठमाडौंमा वसेर आ आफनो केन्द्रिय नेतृत्वसंग लविंग गरिरहेका छन । दुवै पक्षका नेताहरुले आफुले नेतृत्व पाउनका लागी धेरैजसो नेताहरुसंग जिल्ला अध्यक्ष पद दावी गरिरहेका छन् । पार्टीले कर्णाली प्रदेशको जिल्लाको नेतृत्व मिलाउन पुर्व एमालेको तर्फवाट युवराज ज्ञवाली र यमलाल कडेँल तथा पुर्व माओवादी केन्द्रको तर्फवाट जनार्दन शर्मा र मायाप्रसाद शर्मा लाई जिम्मेवारी दिएको थियो ।
जिल्ला स्तर वाट दुवै पार्टीका तर्फवाट नाम सिफारीस गर्न जिम्मेवारी दिएको भएपनि कुनै पनि नेताहरुले नाम खुलाउन चाहेका छैनन । पुर्व माओवादी केन्द्रको भागमा परेको जाजरकोटमा अध्यक्ष्ँका लागि पुर्व जिल्ला अध्यक्ष ढकवीर राना र पुर्व केन्द्रिय सदस्य गगनवहादुर खड्काले दावी गरको नेकपाका एक केन्दिय सदस्यले जानकारी दिए । उनका अनुसार सल्यानमा पुर्व विद्यार्थी नेता रमेश मल्ल, पुर्व जिल्ला इन्चार्ज नेपवहादुर कुवर,कर्णवहादुर बुढाथोकी र भिमप्रकाश शर्माले अध्यक्षका लागी तिव्ररुपमा लविंग गरिरहेका छन । त्यस्तै हुम्लामा डाक्टर दिपेन्द्र रोकाय र लालकेश जैसी अध्यक्ष हुनका लागी दौडधुप गरिरहेका छन । अन्य जिल्ला भन्दा रुकुममा भने अलि सहजता देखिएको छ । नेता महेन्द्र केसी र पुर्व अध्यक्ष तथा प्रदेश सभा सांसद गोपाल शर्माको दावी रहेको छ ।
पुर्व एमालेको भागमा परेको सुर्खेतमा पुर्व उपाध्यक्ष अमृत विसी, सचिव मोहन वडुवाल,कृष्ण हमाल र चुडामणि शर्माले अध्यक्षको दावी गरेको पुर्व एमाले नेता तथा प्रदेश सभा सदस्य शुशिलकुमार थापाले वताए । उनका अनुसार दैलेखमा पुर्व अध्यक्ष बरुनाथ योगी र पुर्व सचिव सुर्यवहादुर शाहीको दावी रहेको छ ।
त्यस्तै जुम्लामा अध्यक्षका लागी पुर्व अध्यक्ष तिर्थ रोकाय र नेता टेकवहादुर पछाइले दावी गरेका छन । पुर्व एमालेको भागमा परेको डोल्पामा भने पुर्व अध्यक्ष दत्त वहादुर रोकाय नै अध्यक्ष हुने पुर्व एमालेका डोल्पा जिल्लाका सचिव तथा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले जानकारी दिनुभयो ।
पुर्व माओवादी केन्द्रको तर्फवाट नाम सिफारीसको जिम्मा पाएका नेकपाका केन्द्रिय सदस्य माया प्रसाद शर्माले दावी सवैको रहेको र नाम कसैको सिफारीस नगरिएको वताए । उनले केहि दिनमै नेकपाको जिल्ला नेतृत्व टुंगिने जानकारी दिए ।