बाढीले सयौँ रोपनीको धान बाली नस्ट


सरिता चलाउने, सल्यान ।
शुक्रबार राति परेको अबिरल बर्षाले सल्यान कुमाख गाउँपालिकाको बेशीमा किसानको धेरै खेतीयोग्य जमिन कटान गर्नुको साथै सयौ रोपनीको धान बाली क्षेति पुगेको छ ।
स्थानीय जिमाली र मर्म खोलाबाट बाढी उर्लिएर आउदाँ त्रिवेणी देखि स्यानिपिप्ली सम्मको क्षेत्रमा धानबालीमा क्षेती पुगेको हो । बाढीले सयौँ रोपनीमा लगाएको धान बालीमा क्षेती पुर्याएको छ भने सयौँ रोपनी खेतियोग्य जमिन कटान गरेको स्थानीयले बताएको छ ।
त्यस्तै बाढीले मोटर बाटो पुर्ण रूपमा बिग्रिएको छ । खोलामा रहेका किनारमा रहेका ५ ओटा घरसम्म बाढीको उच्च जोखिममा रहेका बताईएको छ । स्थानीय नविन रावतको घरमा रातको समयमा बाढी पसेर घरको तल्लो तलामा क्षेति पुगेको उनले बताए । राती दुई बजेदेखि घरभित्रै बाढी पसेपछि घरको सामान व्यवस्थापन गर्न आफुहरुलाई समस्या परेको रावतले बताए । स्थानीयका अनुसार यो बाढी १० बर्षयताकै ठुलो भएको बताईको छ ।

यस्तै सल्यानको गैरागाउँ पहिरोको जोखिम
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा ६ भाखर्कको गैरागाउँ पहिरोको जोखिमा परेको छ । बाढीले घर देखि माथिको खाली पाखा जंगलको भागमा ५० मिटर चौडा जमिन चिरा परेको छ ।
जमिन चिरा पर्नुको साथै गए राती परेको अविर वर्षाले ठाउँ ठाउँमा जमिन धसिएको स्थानीयले बताएका छन । गैरागाउँका १ दर्जन स्थानीयका घर जोखिममा परेको वताईएको छ । पहिरोको जोखिम हुन थालेपछि उक्त स्थानका अम्मर वाग्रि, इन्द्र वहादुर वाग्रि, रत्न वहादुर पुन, भिम वहादुर वाग्रि लगाएत ११ वटा घरका स्थानीय रात भर घर छाडेर स्थानीयको घरमा सुत्न जाने गरेका छन् ।

११ घरहरु माथिबाट पहिरो आउने डरले रातभर आफ्न्तकहाँ जाने गरेका छन् । गए राती परेको अविरल वर्षाका कारण वडा ५ को देव वहादुर विष्टको घर समेतमा पहिरो उच्च जोखिममा परेको छ । त्यसै गरि बन्गाड खोलामा आएको वाढिका कारण छिन्चु जाजरकोट सडक खण्ड र सल्ली रुकुम चौहरजारी सडकमा चल्ने सवारी साधान ठप्प रहेका छन् । आवात जावत गर्ने भेरी नदिमा रहेको फेरी पनि नदिले वगाएको छ । भेरीमा वाढि आए पछि फेरीका फलामे लहरा चुडेपछि फेरी वगेको स्थानीय अमर वाग्रीले जानकारी दिएका छन । विहान १० वजेतीर फेरी वगाएको उहाँको भनाइ रहेको छ । भेरीले फेरी वगाए पछि सुर्खेतको ठिग्नी जोडने झोलुङ्गे पुलमा अल्झिए पछि उक्त झोलुङ्गे पुलका सर्पो्टिङ्ग ४ वटा लहरा चुडाएको छ । पुलका सर्पो्टिङ्ग ४ वटा लहरा चुडाए पछि उक्त पुल समेत जोखिम परेको छ । भेरी नदिको वाहवले पुलका सवै लहरा छोएको छ भने पुल नजिक पानीको सतहले छुन थालेको छ ।