घर भत्किदा एक महिलाको मृत्यु


दयाराम पण्डित, बाजुरा ।
अत्यधिक वर्षका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं एक मल्ला कुँडी लामाचौरमा एक घर भत्कीदा शुक्रवार राति ४५ वर्षीया कला परीको मृत्यू भएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज वरालले दिनुभएको जानकारी अनुसार अत्यधिक वर्षका कारण घर भत्केपछि च्यापिएर उनको मृत्यू भएको हो । त्यसैगरी मल्ला कुंडी जागीचौरका सुरेन्द्र नाथको घर भत्कीदा उनकी आमा घाईते भएकीछन् । दुई बाख्रा, एक गोरु र एक कुकुर मरेको वताईएको छ । सोही गाउँका पांच परिवार पहिरोका कारण उच्च जोखिममा छन् । गए रातिदेखिनै घर छोडेर छिमेकीमा ओत लागेका विवरण प्राप्त भएकाछन् ।
लगातारवर्षदका कारण त्रिबेणी नगरपालिकाको पैमा र बुडिगंगा नगरपालिकाको बल्दे द्धारी वारी—पारीवाट पहिरो जाँदा बुडिगंगा नदी थुनिने जोखिम वडेकोछ ।
बाडिपिडीतलाई आवस्यक राहात उपलब्ध गराउन आजै स्थानीय प्रशासानले आपतकालिन बैठक डाकेर सम्बद्ध सबैलाई राहात सहयोग तथा उद्धारमा खटिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । शुरक्षाकर्मी रेडक्रसकर्मी पत्रकार लगायतको टोली घटनास्थलमा गएर उद्धार कार्य जारी राखेका छन् ।