कुस्माका सात लायन्स क्लबहरुको संयुक्त पदस्थापन सम्पन्न


पर्वत ।
पर्वतको कुस्माबजारमा सामाजिक क्षेत्रमा क्रियाशिल सात वटा लायन्स क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
लायन्स क्लबहरुको बर्ष २०१८ का लागि निर्वाचित क्लबका पदाधिकारीहरुको संयुक्त पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख तथा लायन्स क्लब अफ मोदीकाली पर्वतका संस्थापक अध्यक्ष रामचन्द्र जोशीले लायन्स क्लबका सदस्यहरुले सामाजिक रुपमा ठुलो योगदान गरेको बताउँदै सामाजिक, ब्यबसायिक र राजनैतिक अगुवाहरु बनाउने काममा पनि लायन्सलाई जस जाने कुरामा जोड दिए ।
लायन्स क्लब इन्टरनेशनल डिस्टीक्ट ३२५ बि का गर्भनर अशोककुमार श्रेष्ठले दृष्टिबिहीन र अपांगहरुको शिक्षाका लागि यस बर्ष लायन्स क्लबहरुले आफ्नो अभियान अघि बढाउन आग्रह गरे । बिश्वकै सबैभन्दा ठुलो संगठन भएकाले लायन्सहरुले सञ्चालन गर्ने अभियान बिश्वब्यापी बन्ने कुरामा जोड दिदै सदस्यहरुले संस्थाको मर्म अनुसार काम गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा लायन्स क्लबका एरिया लिडर बालकृष्ण बुर्लाकोटी, उपमेयर सिता काफ्ले लामिछाने, को चिफ एड्भाइजर काशीकुमार जोशी, क्लबहरुका बिदाई हुँदै गरेका अध्यक्ष र आगामी कार्यकालका अध्यक्षहरुले पनि लायन्स अभियानका बारेमा प्रकाश पारेका थिए ।
उक्त अवसरमा लायन्स क्लब अफ शिबालयका २०१८÷०१९ की अध्यक्ष मानकुमारी गिरी, लायन्स क्लब अफ मोदीकालीका अध्यक्ष गोबिन्द शर्मा, , लायन्स क्लब अफ कुस्मा सिटीका की अध्यक्ष सरस्वती जिज्ञासु , लायन्स क्लब अफ ब्रिज सिटीका अध्यक्ष बिमल शर्मा पौडेल, लायन्स क्लब अफ पर्वत चौतारी इश्वरी पाठक, नवगठित लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष हरिओम शर्मा लामिछाने र पदाधिकारीहरुलाई पदस्थापन गरिएको थियो भने नवराज भण्डारीको अध्यक्षतामा नव गठित लायन्स क्लब अफ भूमेकोटको उद्घाटन गरिएको थियो ।
लायन्स क्लब अफ शिबालय कुस्माका बर्ष २०१७÷०१८ का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा सञ्चालन र धन्यबाद ज्ञापन जोन चेयर पर्सनहरु सरस्वती भण्डारी , अर्जुनकुमार चापागाइ अजिता शर्माले गरेका थिए ।