प्रहरी र गाउँले मिलेर गरे गाँजा फडानी


पर्वत ।
लागु औषधको प्रयोग बढेको भन्दै चिन्ता ब्यक्त भैरहेको बेला कुस्मा नगरपालिकाको वडा नं १४ आर्थर डाडाँखर्कमा प्रहरी र गाउँले मिलेर गाँजा फडानी शुरु गरेका छन ।
कुस्मा नगरपालिका वडा नं १४ र प्रहरी चौकी ठुलीपोखरीको सहकार्यमा शुक्रबार देखि गाँजा फडानी अभियान शुरु गरिएको हो ।
अभियान अन्र्तगत कुस्मा – १४ को अँधेरी नेटामा शुक्रबार गाँजाका झण्डै ३ सय बोट फडानी गरिएको वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले जानकारी दिए । जनप्रतिनिधी, बिद्यार्थी, महिला समुह संगै प्रहरी मिलेर फडानीको काम भैरहेको छ । वडाका सबै स्थानमा रहेका गाँजा फडानी गरेपछि अभियान समापन गरिने अध्यक्ष गुरुङ्गले जानकारी दिए । फडानीका लागि प्रहरी चौकी ठुलीपोखरीबाट इन्र्चाज प्रहरी सहायक निरीक्षक मेकबहादुर थापाको कमाण्डमा प्रहरी टोली परिचालित भएको छ ।