खोटाङमा औपचारिक रुपले सुरु गरियो नयाँ संहिता कार्यान्वयन


रामधन राइ, खोटाङ ।
जिल्ला अदालत खोटाङले औपचारिक रुपले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतमा शुक्रवार आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले औपचारिक रुपले मुलुकी ऐन कार्यान्वायन प्रारम्भको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा जिल्लामा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, फौजदारी कसुर ऐन प्रारम्भ भएको घोषणा गरिएको हो । जिल्ला अदालतको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला न्यायधिस घिमिरेले मुलुकी ऐन र परिमार्जित नयाँ कानूनका भिन्नताका बारेमा सहभागीलाई जानकारी गराउनुभयो । उहाँले आवश्यकता अनुसार कानून परिमार्जन हुँदै जाने समेत बताउनुभयो ।
कार्यक्रममा संबाोधन गर्दै उहाँले लागु भएको कानून कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो ।