पहिरोबाट बिस्थापितलाई प्रारम्भीक राहत प्रदान


धनवीर दाहाल, रुकुम ।
साउन ३० देखी परेको अविरल वर्षापछि आएको पहिरोका कारण घरवार विहिन एवं पूर्ण विस्थापित भएका आठबिसकोट नगरपालिका वडा नं ११ गोइरी मंगरा, धुर्सेनीका १६ घरपरिवारलाई राहत प्रदान गरिएको छ ।
पहिरोका कारण घरवार बिहिन १६ घर परिवारलाई निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर के.सी सहितको टोलीले सम्बन्धीत स्थानमा पुगेर प्रति घर परिवार ५ हजारका दरले प्रारम्भिक राहत प्रदान गरेको हो । जोखिमपूर्ण अवस्थाका थप ३० घर परिवारको पहिचान गरिएको छ । यसै गरी थप राहतको लागी रेडक्रस र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको टोली आठबिसकोट जाँदै गरेको बताइएको छ ।