साढे ३३ किलो सुन तस्करी मुद्धा, उच्च अदालतद्धारा जिल्ला अदालतको फैसला सदर


सरोज यादव, विराटनगर ।
साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि थुनामा रहेका पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारलाई उच्च अदालत विराटनगरले विहीबार जिल्लाको आदेशलाई सदर गरेको हो । सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि मुलुकी ऐनको अदालती बन्दोवस्तीको १७ नम्बर गरेका थिए ।

जसमा बुधबार उच्च अदालतमा दुई वटा इजालमा छुटाछुटै बहस भएको थियो । उच्च अदालतका मुख्य न्यायाधिस डा. कुलरत्न भुर्तेल र न्यायाधिस उमेशकुमार सिंहको संयुक्त १ नम्बर इजलासले लामा र तोलाङेलाई जिल्लाको आदेश सदर गरेको हो । त्यस्तै न्यायाधिसद्धय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त २ नम्बर इजालसले राजन कुमारको हकमा पनि जिल्लाको आदेश सदर गर्ने आदेश गरेको छ । १ नम्बर इजालमा भएको बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठक, जिल्ला सहन्याधिवक्ता पदमप्रसाद वस्तरीले बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट अधिवक्ता रमिता महर्जन, हरिनारयण चौधरी र उद्धबप्रसाद घिमिरले गरेका थिए । त्यस्तै २ नम्बर इजालसमा भएको बहसमा बादीकोतर्फबाट जिल्ला सहन्याधिवक्ता पदम वस्तीले गरेका थिए भने प्रतिवादीकोतर्फबाट विकास थापा र यामबहादुर मगरले गरेका थिए । अभियुक्त भएको भन्दै जिल्ला अदालतको आदेशमा पुर्पक्षका क्रममा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका प्रहरी अधिकारीहरु दिवेश लोहनी, विकासराज खनाल, सञ्जयबहादुर राउत, गोविन्द्र प्रसाद निरौला र हेमन्त गौतमको एकै थान रहेको मुद्दालाई फुटाएर पेश गर्न आदेश उच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले बिहीबार पाँचै जना आरोपीको एकै थान रहेको मुद्दालाई बेग्ला बेग्लै बनाएर पेश गर्न आदेश दिएकोे हो। यी पाँचै जनाले असार ७ मा उच्च अदालतमा निवेदन दिएकाले एकै थान बनाएर मुद्दा पेश भएको थियो । थुना मुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालतमा ३० आरोपीको पेशी चढेको थियो। ती मध्ये बिहीबार ८ जनाको मात्र सुनवाई भएको हो ।