एक सय ६५ बर्ष पछि नयाँ मुलुकी ऐन, भोलि कानुन मन्त्रालयमा विशेष समारोह


प्रशान्त वली, काठमाडौं ।
भोलि भाद्र १ देखि देशले नयाँ कानुन पाउँदैछ । १९१० सालमा बनेको मुलुकी ऐन प्रतिस्थापन गरि नयाँ मुलुकी ऐन २०७४ लागु हुन लागेको हो । जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा १९१० सालमा निर्माण गरिएको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी ‘मुलुकी ऐन २०७४’ ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो ।

मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्चले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीन हजार एक सय कर्मचारीहरुलाई तालीम प्रदान गरिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

कानुन तथा संसदीय मामिला मन्त्रालयले भोली दिउँसो सिंहदरबारभित्र दुई वजे संहिता कार्यान्वयन हुन लागेको अबसरमा बिशेष समारोहको आयोजना गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ कार्यान्वयनमा आउनेछ ।