गोकुल घोरसाइने, बारा
कलैया उपमहानगरपालिका–४ स्थित २० परिवारको डोम समुदायको बस्ती छ । विद्यालय, सडक,, विजुली, स्वास्थ्य सेवा त परैको कुरा वस्तिमा एउटा चर्पी पनि थिएन ।
चर्पीमा शौच गर्ने यहा“का बासिन्दाको धेरै अघिदेखिको चाहना थियो । स्थानीय तहको चुनावमा भोट माग्न आउने उम्मेदवार र नेता कार्यकर्तासंग उनीहरुको एउटै माग थियो ‘हाम्रो लागि पनि चर्पी बनाइ देऊ’ । २० बर्ष स्थानीय निकाय चलाएका कर्मचारीले उनीहरुको कुरा सुन्दै सुनेनन ।
निर्वाचनपछि जनप्रतिनिधिले वस्तिमा चर्पी बनाइ दिएपछि उनीहरुको बर्षौदेखिको सपना अहिले पुरा भएको छ । चर्पी पाएपछि झण्डै २ सयको बसोबास रहेको यो वस्तिका सबै अहिले खुसी छन ।
उपमहानगरपालिका वडा नम्बर ५ कार्यालयले ५ लाख रुपैयाको खर्चमय वस्तिमा ७ वटा चर्पी बनाइदिएपछि उनीहरुको रहर पुरा भएको हो । ‘जनप्रतिनिधिले बनाइदिएपछि चर्पीमा शौच गर्ने चाहना पुरा भएको छ,’ रामलाल मलिक डोमले भने, ‘बर्षौदेखि दिशापिसाब बस्ने समस्या थियो ।’
उनीहरुले बर्षौदेखि पर्ति जमिन, झाडी र खोला किनारा र अर्काको खेतबारीमा शौच गर्दै आएका थिए । ‘डोम जाती भनेर खेत तथा चौरीमा दिशापिसाब गरेको कसैले देख्यो भने गाली गर्थे ।’ अहिले चर्पी बनेपछि सजिलो भएको उनले सुनाए । वडाअध्यक्ष मिश्री सहनीले बस्तीका बालिगहरु मतदाता नभएपनि आफ्नो वडामा बसोबास र चर्पीको समस्या देखेर उनीहरुलाई चर्पी बनाइदिएको बताए । ‘आर्थिक, सामाजिक र सा“स्कृतिक दृष्टिकोणलेसमेत पिछडिएका अति विपन्न यी समुदाय अझै पनि चर्पी जा“दैनन् । तर हाम्रो वडाको डोम समुदाय भने चर्पी जान थालेका छन्,’ वडा अध्यक्ष मिश्री सहनीले भने, ‘बस्तीको विकासको लागि अझै विद्यालय, बिजुली, पानीको त्यहा“ आवश्यकता छ ।’
जम्मा पा“च कठ्ठा जमिनमा फुसको झोपडी बनाएर बसेका यो समुदायमा बा“सको सामाग्री बनाउने र सुगु“र पाल्ने पुख्र्यौली पेशा हो । परम्परागत सीपमा आधारित पेशा कै आम्दानीले उनीहरुले जसोतसो हातमुख जोर्दै आएका छन । वस्तिामा सार्वजनिक बाटो, बिजुली, विद्यालय र स्वच्छ खानेपानीको लागि पनि अभावमा छ । निकास अभावमा नालाको पानी जमेर पोखरी जस्तो बनेको स्थानमामा गाढिएको एउटा चापाकलबाट निस्कने फोहोर पानीकै भरमा उनीहरुले निर्वाहा गर्दै आएकाछन् ।
पोल र तार अभावमा मुख्य सडक भएर जडान गरिएका विद्युतलाइनबाट हुकिङ प्रयोगबाट चोरीको बिजुली बाल्नुपर्ने बाध्यतामा छन उनीहरु । ‘प्राधिकरणले जडान गरिदिए शुल्क तिरेर भए पनि बत्ति बालिन्थ्यो, स्थानीय शान्ति देवी मलीले भनिन्, तर बिजुली चोरेको भनेर कर्मचारीहरु कारवाही गर्न मात्र आउछन । सुविधा विस्तार गर्न कसैले पनि ध्यान दिएका छैनन ।’
वस्तिमा वृद्ध, महिला र बालकालिका खुट्टामा चप्पल देखिदैन् । विद्यालय जाने १२ बर्ष उमेर मुनीका झन्डै २५ देखि ३० बालबालिका गुच्चा खेलेर दिन बिताउ“ने गर्छन् । सरकारले संंचालन गरेको विद्यालय भर्ना अभियान बारे यो बस्तीका अभिभावकलाई सुईंको पनि छैन् । ईश्वरी मली डोम भन्छन् ‘नजिकैको नमुना निम्न माध्यमिक विद्यालयमा बालबालिकालाई पढ्न पठाउदा शिक्षक र माथिल्लो जातका भनिने अन्य विद्यार्थीहरुबाट हप्कीदप्की गरेर फर्काइन्छन । पटकपटक यस्तो घटना भएपछि बच्चाहरुलाई पढन पठाउन सकेका छैनौ“ ।’
अर्का अभिभावक नन्दकिशोर मलीले दलित बालबालिकाको लागि छुट्टै विद्यालय नभएकाले आफना बालबालिका वस्ति नजिकको सामुदायिक विद्यालयमा पढन नपाएर घरमै बस्ने गरेको बताए । भन्छन् ‘नगरपालिकामा सुविधाको लागि दौड्दा दौड्दै थाकिसकेंका थियांै, बल्ल एउट आवश्यकता पुरा भएको छ ।’ ‘नगरपालिकाले अब हाम्रा अरु समस्या तिर पनि ध्यान दिनु पर्छ ।’











प्रतिक्रिया