महाकाली राजमार्ग ३ दिनसम्म पनि सुचारु हुने सकेन

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बिगत ३ दिनदेखि अवरुद्ध रहेको महाकाली राजमार्ग अझै सुचारु सकेको छैन् ।

लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्ड अन्तर्गत मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेकमा सडक माथिवाट सोमवार बिहान साढे ९ बजे ठुलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

बैतडीको पाटनवाट गएको स्काभेटरले पहिरो पन्छाउने प्रयास गरिरहेको भएपनि लगातारको पानीका कारण समस्या भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले जानकारी दिए ।

सोमवादेखिदेखि नै डोजरले पहिरो पन्छाईरहेको भएपनि सडकमाथिवाट ठुला चट्टान खसेकोले पन्छाउन सकिएकोे छैन उनले भने “डोजरले पहिरो पन्छाउन नसकेपछी मंगलवार अपरान्हपछी स्काभेटरले पहिरो पन्छाईरहेको छ ।”

पहिरो पन्छाउने कार्य जारी रहेकोले बुधवार अपरान्हपछी मात्रै राजमार्ग सुचारु हुने जनाईएको छ ।

राजमार्गअवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारी साधन तीनदिदेखि पुर्ण रुपमा बन्द भएका छन्। उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुदै आएको छ । सवारी साधन ठप्प हुँदा यात्रुहरुलाई समस्या भएको छ ।

दार्चुलावाट काठमाडौं,महेन्द्रनगर, धनगढी ,डडेल्धुरा बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी,बैतडीवाट दार्चुलाका लागी छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन् ।