सार्वजनिक स्थलमा पृथक शैलीको विश्राम सिट

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं ।रुख विरुवाका अतिरिक्त काष्ठजन्य फर्निचर र अन्य वस्तु पनि वातावरणमैत्री हुन् भन्ने सन्देश बुझाउन काठमाडौंको बसन्तपुर डबलीबाट शुरुवात भएको छ । करिव एक टन काठबाट निर्मित ‘कार्वन सिट’को व्यवस्था गरिएको छ ।

‘एक टन कार्बनमा बस्नुहोस्’ भन्ने अभियानका साथ आम सर्वसाधारण बस्न मिल्ने सार्वजनिक सिटको व्यवस्था गरिएको हो । डेनिस फरेष्ट्री एक्स्टेन्सन्सँगको आर्थिक सहकार्यमा पारिवारीक निजी वन संघ नेपालले सार्वजनिक स्थलमा पृथक शैलीको विश्राम सिटको व्यवस्था गरेको हो ।

वातावरणमैत्री अभियानको शुभारम्भ वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले गर्नुभयो ।

मौलिक र रचनात्मक अभियानलाई अन्य सार्वजनिक स्थलमा पनि विस्तार गर्न सकिने संभावना औल्याउँदै मन्त्री बस्नेतले वन मन्त्रालय र मातहतका निकायले यस्तो अभ्यासलाई अघि बढाउने बताउनुभयो । सरकार र नीजि क्षेत्रको सहकार्य भएको खण्डमा फलाम, आल्मुनियम र प्लास्टिकका फर्निचर प्रतिस्थापन गर्न सकिने उहाँको भनाई थियो ।

मन्त्री बस्नेतले भन्नुभयो–‘सन्तुलितरुपमा बनको विस्तार, संरक्षण एवं उपयोगमा विचार पु¥याइयो भने विदेशबाट हुने काठ आयातमा प्रतिबन्ध लगाउन सकिन्छ, कार्बन व्यापार बढाउन सकिन्छ ।’ सामुदायिक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डे, वर्तमान अध्यक्ष गणेश बहादुर कार्की, पारिवारिक वन संघका अध्यक्ष जोगराज गिरी लगायतले वातावरण मैत्री अभ्यास अपरिहार्य रहेकोमा जोड दिनुभयो ।