लाटी महिलामाथि बलात्कार

0
Shares

भद्रपुर । झापामा फेरी बलात्कार घटना घटेको छ । झापाको मेचीनगर ९ स्थित मागुरमाडीमा एक लाटी महिलामाथि बलात्कार भएको प्रहरी कार्यालय झापाले जनाएको ।

२१ बर्षीया महिलामाथि भारत दार्जिलिङ् बस्ने ६० बर्षीय कर्ण लिम्बुले जबरजस्ती बलात्कार गरेको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

यता लाटी महिलामाथि जबरजस्ती बलात्कार गर्ने लिम्बु समेत घाइते भएकोले उनको हाल बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसंन्धान प्रहरीले सुरु गरेको उनले बताए । केही समय यता झापामा बलात्कार घटना बढेपछि जिल्लाभरी सर्वत्र विरोध प्रर्दशन हुन थालेका छ ।