काठमाडाैं । कुपण्डोलको ज्वागल चोक क्षेत्र मंगलवार मध्यान्हमा केही बेर त्रसित बन्यो ।
मानिसहरूको भाग भाग । सवारी जाम नै भयो एकै छिन् । सडक बिचमा कालो टेपले बाँधेर विद्युतीय तारजडित एउटा कुकर राखिएको थियो। अन्य दिन भान्छामा सामान्य लाग्ने कुकर एकाएक सबैको लागि आतंकित बनेको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको कारण देशका धेरै ठाउँमा कुकर बम विस्फोट भएका खबरले त्रास फैलाइएको थियो । स्थानीयले बम भएको आशङ्कामा प्रहरीलाई खबर गरे । सुरक्षा चुस्त बनाएको प्रहरी घटना स्थलमा पुग्यो ।
मानिसको भिड भिड्दै भएको थियो । त्रास पनि उस्तै । एकैछिनमा सेनाको डिस्पोजल टोलीले काम थाल्यो । एकैछिनमा पत्ता लाग्यो केवल कुकर । कुकरभित्र ढुङगागिट्टी राखिएको भेटिएकाे छ ।











प्रतिक्रिया