क्वेटा,(एजेन्सी)
इक्वेडरमा एउटा बस पल्टिँदा त्यसमा सवार इक्वेडरियन फुटबल टोेलि वार्सिलोना एसकिा कमितमा १२ जना प्रशंसकको ज्यान गएको तथा अन्य ३० जना घाइते भएके प्रहरीले सोमवार जनाएको छ ।
तिनीहरु क्युएन्कामा खेल हेरेर फर्किरहेका थिए । त्यहाँ गुआयान्क्वीलको टोलिले डिपार्टियो क्युएन्का विरुद्ध खेल खेलेको थियो । अचानक सडकमा बस पल्टिनुको कारण खुल्न नसकेको अनुसनधानमा जुटेका प्रहरीले बताएका छन् ।
इक्वेडरको सबैभन्दा बढि लोकप्रिय mुटबल टोलि मध्ये एक मानिने वार्सिलोना एससिका थुप्रै प्रशंसक रहेका छन् । सो टालिका अध्यक्ष जोसे सेभाल्लोसले ट्विटर मार्फत यस दुखद दुर्घटनाका ेखवर पाएर आफु निकै मर्माहत भएके जनाएका छन् ।
उनले मर्ने प्रशंसकहरुको सम्मानमा तिनीहरुको अन्त्येष्टि टोलिको आफ्नै रंगशालामा गरिने जानकारी पनि दिएका छन् । इक्वेडरको फुटबल संघ लगायत इक्ेवडरभरिकै सम्पुर्ण फुटबल क्लबहरुले वार्सिलोना एससि प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया