किम र मुनबीच सेप्टेम्बरमा तेस्रो शिखर वार्ता


सोल (एजेन्सी)
दक्षिण कोरियाली राष्टपति मुन जेइ इन र उत्तर कोरियाली नेता किम जोंग उनबीच आगामी सेप्टेम्बर महिनाको अन्त्यतिर तेस्रो शिखर वार्ता हुने भएको छ । यो बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा हुने बताइएको छ ।

दुई देशका अधिकारीहरुबीच सोमबार उच्च स्तरीय बैठकमा यसलाई लिएर सहमति बनेको थियो । यसअघि अप्रिलमा उनीहरुबीच पानमुनजोममा भएको ऐतिहासिक शिखर वार्तामा मुनले किमलाई भेट्न प्योङयाङमा जाने तय भएको थियो ।

सोमबार उच्च स्तरीय बैठक उत्तर कोरियाको असैन्यिकृत क्षेत्रको एक गाउँमा भएको हो । उत्तर कोरियाले गत हप्ता यस बैठकका लागि प्रस्ताव राखेको थियो । दक्षिण कोरियाका प्रतिनिधिमन्डलको नेतृत्व गरिरहेका युनिफिकेसन मन्त्री चो म्योंग म्योनले बैठक अगाडी पत्रकारहरुसँग भने–हाी पानमुनजोम घोषणको प्रगतिको समिक्षा गर्छौं र भावी कदममाथि चर्चा गर्नेछौं ।

यौनहाप समाचार समितिले सोमबार दुई कोरियाली देश अनौपचारिक रुपमा यसै महिनाको अन्त्यमा वा सेप्टेम्बरको सुरुवाटमा शिखर वार्ताका लागि तयार भएको उल्लेख गरेको छ । उत्तर कोरियाले प्रतिबन्धको मुद्दा उठाउन सक्ने चोले सम्भावना ब्यक्त गरेका थिए । उनले भने– हामी उत्तर कोरिया समक्ष आफनो निति प्रष्ट रुपमा राख्नेछौं ।

दुई छिमेकी देशबी यसै बर्ष तिब्रताका साथ शुरु भएको मेल मिलापले जुनमा सिंगापुरमा अमेरिकका राष्टपति डोनाल्ड ट्रमप र किमबीच ऐतिहासिक शिखवार्ताको मार्ग प्रशस्त गरेका छ । यसैबीच अमेरिकाले अन्तराष्ट्रिय समुदायबाट अलग हुन पुगेका उत्तर कोरियामाथि कडा प्रतिबन्ध जारी राख्न अनुरोध गरेको छ । विश्लेषकका अुनसार मुन अमेरिका र उत्तर कोरियाबीच मध्यस्थको भुमिका निभाउन सक्छ ।