काठमाडौं । काठमाडौंको नयाँपाटीमा बम भेटिएको छ। सडकमा राखिएको प्रेसर कुकर बमलाई निस्किृय बनाउन अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको बताइएको छ।
बम राखिएको स्थानलाई नेपाल प्रहरी तथा नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ। बम कसले राख्यो भन्ने सम्बन्धमा केही जानकारी नभएको प्रहरीले जनाएको छ।
बिहानै सडकमा बम भेटिएपछि स्थानीयहरु भने त्रसित बनेका छन्।











प्रतिक्रिया