जेष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना

0
Shares

काठमाडौं,(नेस) । काठमाडौं महानगरपालिकाको वडा नंं २३ मा जेष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ । केन्द्रको उद्घघाटन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, पाको उमेरका व्यक्तिहरुलाई समाज व्यवस्थापनको अगुवा बनाइने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजेश शाक्यले काम गर्नेभन्दा आलोचना गर्नेको संख्या बढी भएकोले राम्रा कामले पनि सकारात्मक चर्चा पाउन नसकेको उल्लेख गर्नुभयो । साना तर स्थानीय जीवनमा महत्वपूर्ण प्रभाव राख्न सक्ने काम भएका छन् । ती कामको प्रभाव महसुस गर्ने गराउने दिशामा काम हुन आवश्यक रहेको शाक्यको भनाइ थियो ।

कार्यक्रममा वडा २३ का वडाध्यक्ष मचाराजा महर्जनले आफ्नो वडाका जेष्ठ नागरिकलाई हरेक ३ महिनामा तीर्थाटन गराउने योजना रहेको बताउनुभयो ।

पाको उमेरका व्यक्तिलाई दिनमा ल्याएर साँझसम्म धार्मिक तथा सामाजिक विषयका छलफलमा सहभागी गराउने, उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने मेरो योजना हो, वडाध्यक्ष महर्जनले चर्चा योजना को बारेमा जानकारी गराउदै भन्नुभयो । पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले नागरिकले परिवर्तनको महसुस गर्ने बेला आएको अवस्थामा वडा कार्यालयले गरेको योगदान महत्वपुर्ण रहेको बताउनुभयो

जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न ओलम्पस क्लब, नः बही समाजलगायत स्थानीय संघ संस्थाको सहभागिता छ । केन्द्रमा दैनिक ७ जनासम्म पाका उमेरका मानिसहरु आउने अपेक्षा गरिएको छ । दैनिक ७० जनासम्मले सेवा वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।