नोवेल पुरुस्कार विजयी लेखक नेइपलको निधन


लन्डन,(एजेन्सी)
साहित्यका लागि नोवेल पुरुस्कार विजयी तथा चर्चित उपन्यासकार भिएस नेइपलको पचासी वर्षको उमेरमा निधन भएके उनको पारिवारिक सुत्रले आइतवार जनाएको छ । सन् १९३२ मा ट्रिनिडाडको ग्रामिण क्षेत्रमा जन्मेका सर भिडियाले ३० वटा भन्दा बढि पुस्तक लेखेका छन् ।

उनका अनुपम कृतिमा ‘ अ बेन्ड इन रिभर ’ र ‘ अ हाउस फर मिस्टर विशवास ’ रहेका छन् । उनकी पत्नी लेडी नेइपलले उनको महान साहित्यिक उपलब्धिलाई स्मरण गर्दै भनेकीछिन् , ‘ गजबको सिर्जनशिलता र प्रयास भरिएको जीवन बाँचेका उनले लन्डन स्थित आफ्नैै निवास स्थानमा प्यारा आफन्त माझ प्राण त्यागेका छन् । ’

नेइपलका घनिष्ठ मित्र तथा दि मेलका सम्पादक जियोर्डी ग्रेइगले उनका ेनिधनबाट वेलायतको साहित्यकि सम्पदामा अपुरणिय क्षति पुगेको र निस्सन्देह उनका पुस्तकहरु अमर रहने बिचार व्यक्त गरेका छन् ।

अमेरिकी यात्रा स्मरण लेखक तथा पुन मेलमिलाप हुनु अघि मतभेदको कारण सर भिडियाबाट पन्ध्र वर्ष टाढिएर बसेका पाउल थेरोक्सले उनी प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै भनेका छन् , ‘ उनी हाम्रो समयका महान लेखकहरु मध्ये एक हुन् । उनले कहिल्यै झुठो तरिकाले लेखेनन् । उनी आफ्नो लेखन प्रति निक ैहोशियार र क्रुर पनि थिए । ’ पटक पटक सर भिडिया प्रति असहमति जनाउने गरेका चर्चित कृति ‘ सटानिक भर्सेज ’ का लेखक सलमान रुश्दीले पनि समवेदना प्रकट गर्दै भनेका छन् , ‘ मलाई भर्खरै मेरो प्यारो दाजुको निधन भएके जस्तो दुख लागिरहेको छ ।

जीवनभरि हामीबिच राजनीति र सािहत्यबारे असहमति रहिरह्यो । सानै छँदा सर भिडियालाई उनका पिताले सेक्सपियर र चाल्र्स डिकेन्सका कृतिहरु पढाएका थिए । हिन्दु धर्मावलम्वी उनले ट्रिनिडाडको क्विन्स रोयल कलेजमा अध्ययन गरेका थिए । त्यसपछि पचासको दशकमा बेलायत पुगेका उनी अक्सफोर्ड युनिभर्सिटीमा भर्ना भएका थिए । सन् १९९६ मा पहिलो पत्नी प्यात्रिसिया हेलेको निधन भएपछि उनले पाकिस्तानी पत्रकार नादीरासंग दोश्रो विवाह गरेका थिए ।