विमान चोर्नेले दुर्घटना अघि माफी मागे


सियाटल,(एजेन्सी)
अमेरिकाको सियाटल अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा खाली यात्रुवाहक विमान चोरे दुर्घटना गराउने व्यक्ति होराइजन एयरका कर्मचारी भएके आइतवार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । रिचर्ड रस्सेल नामक ति २९ वर्षिय व्यक्तिले तीन वर्ष सम्म होराइजन एयरमा विमान सार्ने , सफा गर्ने र व्याग लोडिंग गर्ने काम गरेको अमेरिका संचार निकायले जनाएको छ ।

रस्सेलले शुक्रवार राति अचानक विमान चोरे उडाउँदा विमानस्थल बन्द गर्नुपरेको थियो भने उनको विमानलाई रक्षा मन्त्रालयका दुईवटा लडाकु बिमान एफ–१५ ले लखेटेका थिए । जथाभावी विमान उडाएर अन्तत उनले समुद«मा विमान खसालेपछि उनको पनि मृतयु भएके थियो । नब्बे मिनेटको उडानपछि प्युगेट साउन्डको घना आवादी क्षेत्र केट्रोन आइलन्डमा सो विमान दुर्घटनाग्रस्त भएके थियो ।

संघिय जाँचबुझ ब्युरो ( एफबिआइ ) को सियाटल बिभागका प्रमुख जे टाबले अहिले सम्म उक्त दुर्घटनाग्रस्त विमानमा उनी मात्र रहेको अनुमान गरिएको जानकारी दिएका छन् ।

एयर ट्राफिक कन्ट्रोलसंगको वार्तामा उनी आफुले विमान उडाउन सकेकोमा आश्चर्य चकित देखिएको तर उनी विमान चलाउन पुर्ण रुपमा सक्षम रहेको वा नरहेको स्पष्ट नभएको बुझिएको छ । साथै कसैलाई हानी पुर्याने नियत नभएको देखिने उनले अन्तमा आफ्ना प्यारा आफन्तसंग आफु काम नलाग्ने मान्छ ेभन्दै माफी मागेका थिए ।