भद्रपुरमा पैनीले बगाएर बृद्धको ज्यान गयो


भद्रपुर ।
निगूरो टिप्नेक्रममा पैनीले बगाएर एक अपाङ्ग बृद्धको ज्यान गएको छ ।
झापा भद्रपुर ३ का ६० वर्षिय तोलेकान्छा भन्ने तिल बहादुर राईको ज्यान गएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । सोही वडाको वाचकवस्ती स्थित बागडुग्रा पैनीमा मृत अवस्थामा स्थानीय हर्क सुब्वाले देखेपछि प्रहरीलाइ जानकारी आएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए ।
शनिबार दिउँसो सवा २ बजे राईलाइ फेला पारिएको उनले जानकारी दिए । लासलाई पोष्टपार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको उनले जनाए । मृतक राइको एउटा खुट्टा छोटो र एउटा हात पनि नचलेका कारण शारिरीक अपङ्गता भएको प्रहरीले जनाएको छ ।