नेपाल सार्वजनिक सेवा कर्मचारी संघ प्रदेश अधिवेशन सुरु


सरोज यादव, विराटनगर ।
श्रमको सम्मान नभएसम्म मुलुकको आर्थिक विकासले फड्को मार्न नसक्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपाल सार्वजनिक सेवा कर्मचारी संघले आयोजना गरेको प्रदेश एकको प्रथम अधिवेशन कार्यक्रममा बोल्ने वक्तारुले यस्तो बताएका हुन । सो अवसरमा प्रदेशसभा सदस्य केदार कार्कीले श्रमिकले सम्पादन गर्ने जस्तोसुकै प्रकारको श्रमको सम्मान गर्ने वातावरण सृजना नभएसम्म आर्थिक र सामाजिक विकासले गति लिन नसक्ने बताए ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका राष्ट्रिय अध्यक्ष जनार्दन भट्टराईले वर्तमान सरकारले ट्रेड युनियनहरुलाई निस्तेज पार्न लागि परेको आरोप लगाउदै नेपाली कांग्रेसले समेत ट्रेड युनियनलाई हेर्ने दृष्टिकोणमा परिवर्तनगर्न आवश्यक रहेको बताए । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका महासचिव योगेन्द्र कुंवरले ट्रेड युनियनले मुल्यमान्यतामा आधारित रहेर आफ्ना कार्यक्रमहरु अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रमका अन्य वक्ताहरुले राजनितिक आन्दोलन तथा आर्थिक विकासमा श्रमिकहरुले पु¥याउदै आएको योगदानको चर्चा गरेका थिए । अधिवेशन नेपाल सार्वजनिक सेवा कर्मचारी संघको नयाँ प्रदेश नेतृत्व चयन गर्दे सकिनेछ ।