अलैंची खेतीमा डोटीका किसानको आकर्षण बढ्दो


विमल विष्ट, डोटी ।
डोटीका बिसानहरुको अलैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेती योग्य जमिनलाई मासेर किसानले धमाधम अलैंची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंचीको आम्दानी बढी हुने भएकोले पनि अलैंची खेतीमा किसानको आर्कषण बढेको केआईसिंह गाउपालिका काफलीका अलैचि खेतीका किसान नारायण धामीले बताउनु भयो । उहाँले भन्नु भयो ‘अलैचीको मुल्य पनि राम्रो भएको र अन्य खेती जस्तो बढी मेहनेत पनि नगर्नु पर्ने भएकाले यस्को आर्कषण बढेको हो ।’

खोल्सीको कालो सुन भनेर चिनिने अलैची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंचीको विस्तार गर्न थालिएको जोरायल गाउपालिका ५ का अर्का अलैचि किसान सेरबहादुर देउवाले बताउनु भयो । यहाँका ग्रामिण क्षेत्रका धेरै घरका करेसावारीमा समेत अलैंचीले ढाकेको छ ।

जेठको तेश्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंचीको बिरुवा रोप्ने गरिन्छ । यहाँका किसानहरुले पुर्बि नेपालको ईलाम,ताप्लेजुङ लगायतका ठाउहरु बाट अलैचीका बिरुवाहरु ल्याएर खेती गर्न थालेको स्थानिय बिसानहरु बताउछन् । डोटीमा पहिलो पटक किसानहरुले अलैची लगाएर ब्यबसायीक खेती गर्न थालेका हुन् । यहाँका किसानहरुले सयौ रोपनी खेतहरुमा अलैची लगाएको बताईउको छ । अलैचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि किसान भने चिन्तीत भएका छन् ।