झापाको अर्जुनधारा नगरपालिकामा ७ जना बलात्कृत


भद्रपुर ।
झापाको अर्जुनधारा ११ मा एक ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
सानीआमाको घरमा बस्दै आएकी ती बालिका शुक्रबार दिउँसो बलात्कृत भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।
सोही वडाका ७० वर्षीया बृद्धले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । दिउँसो घरमा कोही नभएका बेला बालिकालाई गोठमा लगेर जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।
घट्ना दिउँसै घटेको भएपनि प्रहरीमा भने ढिलो गरि खबर पुगेको कोइरालाले बताए । आरोपी भनिएका बृद्ध यतिबेला प्रहरीको नियन्त्रणमा छन् । घटना पश्चात बानिया करिब दुई किलोमीटर टाढा(बुद्ध चोक) मा आफन्त को लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए । बानिया त्यहा भएको थाहा भएपछि करिब दुई घन्टा प्रहरी र स्थानियबासी बिच धरपकट भएको थियो ।
पीडित बालिकाको विर्तामोडको मनमोहन अस्पतालमा उपचार भइरहेको डिएसपी कोइरालाले बताए । घट्नाको थप अनुसन्धान भइरहेको उनले बताए ।
एक हप्ताको अन्तरालमा अर्जुनधारामा यो दोस्रो बलात्कारको घट्ना हो । यसअघि गत साउन १६ गते अर्जुनधारा २ की ४ वर्षीया वालिका १५ वर्षीया बालकद्वारा बलात्कृत भएकी थिइन् । अर्जुनधारा नगरपालिकामा यो सककगै बितेका ६ महिनामा ७ जना किशोरी तथा बालिकामाथि बलात्कार र बलात्कार प्रयास भएको छ । यो सातामात्र यस नगरपालीकामा तीनजना बालिकामाथि बलात्कार एव बलात्कार प्रयास भएको छ । एउटा घटना सेलाउन नपाउँदै अर्को यही प्रकृतीका घटना दोहोरिएपछि स्थानीयले चकित त छन् नै बालिका सुरक्षामा गम्भिर हुन सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन् ।