तीन युवा कविले गाईजात्रा विशेष संयुक्त कविता वाचन गर्ने


काठमाडौा ।
पछिल्लो समय कविता लेखनमा चर्चामा रहेका युवा कविहरु सञ्जिव राई, प्रकाश रम्घाली र प्रज्वल अधिकारीले गाईजात्रा विशेष संयुक्त कविता वाचन गर्ने भएका छन् ।
भदौ ११ गते जाईजात्राको दिन राजधानीमा हुने गाईजात्रा विशेष समारोहमा उनीहरुले आफ्ना उत्कृष्ठ ५÷५ कविता दर्शक÷स्रोतालाई सुनाउने भएका हुन् । जसमा हाँस्य, व्यङ्ग्यात्मक, सन्देशमुलक तथा समकालिन समाज र मुलुकको प्रतिनिधित्व गर्ने उत्कृष्ट कविताहरु छनौट गरिएको हो । सर्वोत्तम खबर साप्ताहिकले आयोजना गरेको सो कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले पनि आफ्नो बेजोड प्रस्तुतले दर्शकलाई मनोरञ्जन गराउने पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक अनिल नेपालीले बताए । उनले कवितामार्फत साहित्यको सम्बद्र्धन, चेतनाको विकास, अन्याय, विकृति, विसंगति र भ्रष्टचारविरुद्ध खबरदारी तथा समृद्धिको निम्ति जागरण र मनोरञ्जनको निम्ति गाईजात्राको दिन कार्यक्रमको आयोजना गरिएको बताए ।