६ दिनपछि शव भेटियो


जाजरकोट ।
यहाँको भेरी नगरपालिका–३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका–३ का १२ वर्षीय गोविन्द परियारको शव आज फेला परेको छ ।

घटनाको छैटाँै दिन उहाँको शव फेला परेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउनुभयो । गत आइतबार पहिरोमा पुरिएका आठको शव निकालिसकेको छ । पहिरोमा बेपत्ता भएका गोविन्द नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका थिए ।

घरमा गृहकार्य गरिरहेको बेला आइतबार बिहान आएको पहिरोले उनलाई घरसँगै पुरेको थियो । उनका भाइ गोविन्दको पनि पहिरोमा परी मृत्यु भएको थियो । आमाबाबु सानैमा गुमाएका उनीहरु दिदीसँग सदरमुकामस्थित गोपाल सुनारको घरमा भाडामा बस्दै आएका थिए ।

मृतककी दिदी काममा गएकी र भाइ पानी लिन गएकाले उनीहरु बाँच्न सफल भएका थिए । पहिरोमा पुरिएका एकलाई भने जीवितै उद्धार गरिएको थियो । पहिरोमा परी आठ बालबालिकासहित नौको ज्यान गएको छ ।
रासस