विप्लवका २ जिल्ला नेता पक्राउ


महेश न्यौपाने, रोल्पा ।
आफ्नो केन्द्रीय प्रवक्ता पक्राउ परेको विरोधमा कोण सभा गर्न लाग्दा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका २ जना जिल्ला स्तरीय नेता घर्तीगाउँवाट पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्यद्धय दिनेश वली र सूर्य खड्का भएको वताइएको छ । घर्तीगाउँ वजारमा विरोध सभा गर्न लाग्दा उनीहरु पक्राउ परेको वताइएको छ । उनीहरु संगै नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विगत केही समय देखी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेपाल मजदुर किसान पार्टीले संयुक्त रुपमा स्थानीय सरकार विरुद्ध कार्यक्रम संचालन गर्दै आएका थिए । आजको विरोध कार्यक्रममा क्षेत्रीय सभापति घर्ती कार्यक्रम हेर्न पुगेका वेला पक्राउ परेको वताइएको छ । विरोध कार्यक्रम गर्न नदिनु भन्ने माथिको आदेश भएकाले पटक पटक आग्रह गर्दा समेत जवरजस्ती गरेकाले नियन्त्रणमा लिएका हौ एक सुरक्षा अधिकारीले भने । अहिले उनीहरुलाई ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा राखिएको वताइएको छ ।

जिल्ला स्तरीय नेता पक्राउ परेको प्रति नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदी प्रयासले खेद प्रकट गरे । राजनैतिक गतिविधि नै गर्न नपाउने गरि प्रतिवन्ध लगाइयो सुवेदीले भने । पार्टीको घोषित कार्यक्रम अन्तरगत देशव्यापी विरोध कार्यक्रम भए पनि रोल्पामा मात्रै आफ्ना कार्यकर्ता गिरप्तार हुनुले रोल्पा प्रति शासकहरु कति सशंकित छन भन्ने पुष्टी भयो सुवेदीले भने ।