भ्रष्टाचारविरुद्ध योगदानका निम्ति पत्रकार थापालाई ‘गोगो फाउण्डेसन अवार्ड’


काठमाडौँ ।
भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चालाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई यस वर्षको ‘गोगो फाउण्डेसन अवार्ड’ बाट सम्मानित गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘गोगो फाउण्डेसन अवार्ड’ बाट थापालाई सम्मान गरे । अवार्डबाट सम्मानित हुने थापा तेस्रो व्यक्ति हुन । यो अवार्ड पहिलो पटक डा भगवना कोइराला र दोस्रो पटक कुलमान घिसिङले प्राप्त गरेका थिए । पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा रहेको छनौट समितिले थापालई अवार्ड दिने निर्णय गरेको कार्यक्रममा गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले बताए । समितिमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेसन अध्यक्ष अनिता विन्दु र कार्यकारी निर्देशक केदार खड्का सदस्य रहेका थिए ।

यस्तो छ हरिबहादुर थापाको पृष्ठभूमि
काभ्रेमा जन्मिएका हरि बहादुर थापा अहिले मूलधारको पत्रकारितामा स्थापित पत्रकार हुन् । पत्रकारिताका माध्यमबाट असल शासन प्रवद्र्धनका लागि भ्रष्टाचाविरुद्धको अभियानमा मनग्गे योगदान गर्न सफल उनी युवा पत्रकारका लागि अनुकरणीय पात्र बनेकाछन् ।
पत्रकारितामा स्नातकोत्तर गरेका थापाले ऐतिहासिक २०४६ सालको जनआन्दोलनकै हाराहारिमा देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका हुन् । साथै सुरुची साप्ताहिक हुँदै २०४९ बाट प्रकाशन सुरु भएको कान्तिपुर दैनिकको सहायक सम्पादक तथा रिपोर्टरबाट सेवा प्रवेश गरेका उनी अहिले सोही दैनिकको सम्पादकको जिम्मेवारी सम्हालेका छन् ।
नियमित रुपमा भ्रष्टाचारविरुद्ध अनुसन्धानमूलक समाचार प्रकासन गर्नुका साथै अन्र्तवार्ता, लेखरचना तथा पुस्तक प्रकासनका माध्यमबाट आफ्नो व्यवसायिक छविलाई गर्विलो बनाउन उनी सफल हुँदै आएकाछन् ।
उनका हालसम्म “भ्रष्टाचारको शल्यकृया, एनोटोमी आफ करपप्सन, विदेशी सहायताका बिसंगती, पत्रकारको आँखामा भ्रष्टाचार, राजनीतिक दाउपेच भित्र कर्मचारीतन्त्र, दलीय द्वन्द्व तथा रजगज” जस्ता ७ वटा गहकिला पुस्तक प्रकाशन गरेर मुलुकलाई गुण लगाएकाछन् । भ्रष्टाचारको अभियानमा लाग्ने अभियन्ताकालागि खदिलो अनुसन्धानमूलक स्रोत उपलब्ध गराएकाछन् ।
साथै वार्षिक रुपमा प्रकाशित हुने ग्लोबल इन्टीग्रीटीसम्बन्धी प्रतिवेदनका लागि २०६२, २०६३ र २०६४ मा नेपालको तर्फबाट श्रोत व्यक्तिका रुपमा काम गरेकाछन् । त्यसैगरी सुशासन वर्षपुस्तकको संयोजन गर्नुका साथै विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रममा स्रोत व्यक्तिका रुपमा आफ्नो ज्ञान र सीपलाई बाँड्दै आएकाछन् ।
त्यसैगरी उनले भ्रष्टाचारविरुद्धको अभियानमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाबाट पुरस्कृत भएकाछन् । साथै २०६१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको योगदानको कदर गरेर सम्मान गरेको थियो । हालसम्म उनले १८ वटा भन्दा बढी मुलुकहरुको भ्रमण गरी पेशागत अनुभव संगालेकाछन् । उनले संसदीय पत्रकार समाजको अध्यक्षको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरेकाछन् । साथै पत्रकार महासंघ कान्तिपुर शाखाको अध्यक्ष हुनुका साथै पत्रकार महासंघको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत सम्हाली सकेकाछन् ।