प्रकाण्डको पक्षमा बिद्यार्थीको प्रदर्शन


काठमाडौं ।
विप्लव निकट विद्यार्थीहरुले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको रिहाको माग गर्दै त्रीभुवन विश्वविद्यालयको गेट अगाडि प्रदर्शन गरेका छन् । उनिहरुले बिनाकारण बलजफ्ती पार्टीका नेता प्रकाण्डलाई पक्रेको बिरोध स्वरुप प्रदर्शन गरेको बताएका छन् ।

पूर्व निर्धारीत कार्यक्रम अन्तर्गत प्रदर्शन गरिएको बिद्यार्थी नेता कलम बढुवालले जानकारी दिनुभयो । विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता पकडेको बिरोधमा देशभर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रदर्शनका क्रममा प्रहरी विश्वीद्यालय हाता भित्रै प्रबेश गरेर बिद्यार्थीलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रकाण्डलाई साउन २३ गते प्रहरीले पक्राउ गरेको हो ।