नेपाल–भारत सीमामा सहायता कक्ष राख्ने निर्णय


काठमाडौं ।
चाडपर्वका बेला नेपाल र भारतका मुख्य नाकाहरुमा सहायता कक्ष राखिने भएको छ । दिल्लीमा शुक्रबार सम्पन्न सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलको संयुक्त बैठकमा चाडपर्वको समयमा मानिसहरुको सहजताको लागि मुख्य नाकाहरुमा सहायकता कक्ष राखिने निर्णय भएको हो ।
भारतबाट चाडपर्वमा स्वदेश फर्कने नेपाली युवाहरुलाई भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिने गरेको समाचारहरु सधैँ सुन्ने गरिन्थ्यो । दशैं र तिहारमा आउने हजारौं नेपालीहरु सीमा क्षेत्रमा लुटिएको खबरहरु समेत आउने गरेको छ । यसको सहजता र सरलताको लागि बैठकले यस्तो निर्णय गरेको हो ।
तीन दिनसम वार्तामा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलमा महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोलीले सीमामा संयुक्त गस्ती गर्ने पनि गर्ने सहमति गरेको छ।
तथा लागू औषध तस्करी, हतियार ओसारपसार रोक्ने मुख्य लक्षका साथ संयुक्त गस्ती गर्ने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ ।