मोही र जग्गा धनीको विवाद साम्य


काठमाडौँ ।
भूमिसुधार कार्यालयले ४३ हजार १०५ जनाको मोही र जग्गा धनीबीचको विवाद सुल्झाएको छ ।

सरकारले जग्गामाथिको द्वैध स्वामित्व अन्त्य गर्नका लागि जग्गा धनी र मोहीको विवाद सुल्झाएको कार्यालयका भूमिसुधार अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी गराउनुभयो । उहाँका अनुसार काठमाडौँमा जिल्लामा भएका ५१ हजार २०६ मोहीको संख्यामध्ये ४३ हजार १०५ जनाको जग्गाको विवाद सुल्झाएको हो ।

जिल्लाका कूल मोहीमध्ये हाल एक हजार ७०५ जना मोहीले जग्गा विवादको विषयमा निवेदन दिएको र छ हजार ९७५ जनाले निवेदन दिन बाँकी छ ।

सरकारले गत वर्ष भदौ ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मोही र जग्गा धनीबीचको विवाद सुल्झाउन निवेदन माग गरेको हो । भदौ ४ गतेसम्म पर्ने निवेदनलाई विसं २०७६ भदौ ४ गतेसम्म फछ्र्यौट गर्नुपर्ने उहाँले बताउनुभयो ।
रासस