गाइको मासु खाएर उद्घाटन भयो आदिवासी दिवस


गणेश साम्पाङ, पाँचथर ।
पाँचथरको फिदिममा गाईको मासु प्रमुख अतिथीलाई खुवाएर उद्घाटन गरी २४ औं विश्व आदिवासी दिवस बिहीबार सम्पन्न भयो ।
नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष रिञ्जी शेर्पाले गाईको मासु प्रमुख अतिथी पाँचथरका प्रदेश सभा सदस्य सिता थेबेलाई खुवाएर २४औं बिश्व आदिबासी दिवश तथा शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

विभिन्न जातजातीहरुको साँस्कृतिक झाँकँी सहितको ¥यालीले फिदिम बजार परिक्रमा पछि सभामा परिणत भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथी थेबेले अहिले हामी नेपालको संबिधान २०७२ को कार्यन्वयनको चरणमा छौं यो संबिधानमा छुटेका आदिबासी जनजातीहरुले उठाएका जायज मागलाई संबिधान संसोधन मार्फत संबोदन गर्न सकिन्छ । हामीले पहिचानका लागि ठूल ठूला आन्दोलन ग¥यौं त्यसैको जगमा देशमा गणतन्त्र आयो अब हामी पहिचानलाई स्थापित गर्दै समृद्धिको बाटोमा लाग्नु पर्ने धारणा राखे ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ महासंघका पुर्व अध्यक्ष लोकेन्द्र आल,े नेकपाका जिल्ला नेता होम जबेगु, नेपाली काग्रैसका जिल्ला सदस्य भवानीप्रसाद खतिवडा, संघिय समाजबादी फोरमका नरेस तुम्रोक पाँचथर उद्योग बाणिज्य संघका सचिव राजु न्यौपाने, भाषा बिद हरिचन्द्र लावती लगायतका महानुभावहरुले पनि शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा राईहरुको साकेला लिम्बु जातीको केलाङ नेवारहरुको लाखे सुनुवारहरुको ष्याँदर पिदार तामाङहरुको डम्फु र अन्य सास्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला स्थित ११ वटा बिभिन्न जातीय संघ संस्थाका प्रतिनिधीहरु आ–आप्mनो भेषभुषामा सजिएर सहभागी भएका थिए । कार्यक्रममा उपस्थित सबैलाई गाईको मासु र शेर्पाहरुको परिकार खोक्से खुवाएर स्वागत गरिएको थियो ।